News Portal

माेहनी स्वरका धनी गायक कुलेन्द्रकाे ‘आँखैमा बसेकी मायालु’ सार्वजनिक

फरकपोस्ट संवाददाताअसार २६ काठमाण्डाैं
२१८० पटक
असार २६ काठमाण्डाैं

माेहनी स्वरका धनी बहुचर्चित गायक कुलेन्द्र विश्वकर्माले ‘आँखैमा बसेकी मायालु’ बोलको लोक दोहोरी गीत स्रोता दर्शकमाझ लिएर आएका छन् ।

कुलेन्द्रलाई पछिल्लो समयकी लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीले आवाजमा साथ दिएकी छिन् ।

माया प्रेमको विषयलाई प्रधान रुपमा गीतकारले शब्दमार्फत चित्रित गरेका छन । गीतकार प्रल्हाद सुवेदीले माया पिरतीका विषयमा गहिरोगरी डुबेर मोहनी र मायवी शब्दहरु उनेका छन् ।

गीतकाे संगीत लाेकप्रिय संगीतकार बसन्त थापाले सृजना गरेका हुन् । गीतकाे संगीत संयाेजन एरेन्ज आशिष अविरलले गरेका हुन् । मनाेज परियारले गीतकाे मिक्सिङ्ग गरेका छन ।

धेरै सृजनामाहरुमा संगै जाेडिएर आउने सांगीत जाेडीका रुपमा परिचित छन् गायक कुलेन्द्र, संगीतकार बसन्त थापा र गीतकार प्रल्हाद सुवेदी । यी जाेडीकाे सहकार्यमा रहेकाे अधिकांश सृजना सर्वप्रिय रहेका छन् । लामाे समयपछि अत्यन्तै सफल जाेडीहरुकाे याे सृजनालाई पनि विशेष रुपमा हेरिएकाे छ ।

म्युजिक  भिडियोमा  कुलेन्द्र स्वयंमले नृत्य एवं अभिनय गरेका छन् भने उनको जोडीका रुपमा मोडल अञ्जली अधिकारीले साथ दिएकी छिन् ।

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोलाई अजय रेग्मीले छायांकन, नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस्