News Portal

हरिदेवी काेइरालाकाे गजलमा बिबि अनुरागीकाे स्वर संगीत “कता टेकूँ”

फरकपोस्ट संवाददाताअसार २५ काठमाण्डाैं
५६५ पटक
असार २५ काठमाण्डाैं

बरिष्ठ गायिका एवम् प्रज्ञा हरिदेवी काेइरालकाे सृजना वरिष्ठ संगीतकार बिबि अनुरागीकाे संगीत तथा स्वरमा “कता टेकूँ” नामक गजल सार्वजनिक भएकाे छ । शनिवार पोखराको दि–भिलेज रेष्टुरेन्टमा उक्त गजलकाे एक कार्यक्रमका बिच लाेकार्पण गरिएकाे हाे ।

लाेकार्पण कार्यक्रमकाे संयाेजन सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठान नेपाल पाेखराले गरेकाे थियाे । गजल लोकार्पण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ साहित्यकार सरुभक्त रहेका थिए । कार्यक्रममा अन्य अतिथिहरु गण्डकी प्रदेशसभाका सांसद एवं नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपाली,जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विश्वकर्मा,पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति एवं लोकगायक पदमराज ढकाल,नेपाल स्वतन्त्र पत्रकार महासंघका अध्यक्ष एवं वरिष्ठ पत्रकार कृष्णप्रसाद बास्तोला,गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव मनकुमार श्रेष्ठ लगायतका विभिन्न तह र तप्काका व्यक्तिहरुकाे कार्यक्रममा उपस्थिति रहेकाे थियाे ।

“कता टेकूँ” म्युजिक भिडियो BB Anuragee युट्युब च्यानलमार्फत सार्वजनिक गरिएकाे छ ।

प्रतिकृया दिनुहोस्