News Portal

दोहोरी गायिका कल्पना दाहालले गरिन् सुटुक्क बिहे

फरकपोस्ट संवाददाताजेठ १९ काठमाडौं
७३५ पटक
जेठ १९ काठमाडौं

चर्चित लोक दोहोरी गायिका कल्पना दाहालले सुटुक्क ‘कोर्ट म्यारिज’ गरेकी छन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा उनले अदालती बिहे गरेकी हुन् । सोमबार बिहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विवाह दर्ताको प्रमाणपत्र पाएकी हुन् ।

दाहालले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग बिहे गरेकी हुन् । सोमबार विवाहका लागि जिल्ला अदालत पुगे पनि त्यो दिन निवेदन दर्ता भएको र मंगलबार दिउँसो साढे १ बजे विवाह दर्ताको प्रमाणपत्र लिएको अदालत स्रोतले जानकारी दिएको छ ।

उनीहरुको विवाहमा परिवारका सिमित सदस्य मात्र साक्षीका रुपमा गएका थिए । विवाह दर्ताको प्रमाणपत्र लिएपछि बेहुला बेहुलीले काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो खिचाएर हतार हतार बाहिरिएका थिए । तपाईको बिहे भएछ नी भन्ने प्रश्नमा गायिका दाहालले भने आफ्नो बिहे भएको कुरा अस्वीकार गरिन् । उनले भनिन्–‘मेरो कहाँ बिहे हुनु र ? म त अहिले बानेश्वरमा चिया खाएर बसिरहेको छु ।’

गायिका दाहालले आफ्नो बिहे सार्वजनिक नगरेपनि जिल्ला अदालत काठमाडौं स्रोतले भने उनको बिहेको पुष्टि गरेको छ । गायिका दाहालको प्रत्येक्ष दोहोरीमा आफूलाई अब्बल गायिकाका रुपमा स्थापित गरिसकेकी छन् ।

प्रतिकृया दिनुहोस्