News Portal

ओनसरी घर्ती काठमाडौं–२ बाट पराजित

फरकपोस्ट संवाददातामंसिर ७ काठमाडौं
५७५ पटक
मंसिर ७ काठमाडौं

नेकपा (माओवादी केन्द्र) का नेत्री तथा पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं–२ बाट पराजित भएकी छन् ।

सभामुख घर्तीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम संग पराजित भएकी हुन् ।

निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाएकी छन् ।

काठमाडौं–२ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो ।

प्रतिकृया दिनुहोस्