
स्वर्गद्वारी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरुलाई वृहत् शैक्षिक सुधार तथा रुपान्तरणसम्बन्धी तालिम दिइएको छ ।
स्वर्गद्वारी नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा तालिमको आयोजना गरिएको थियो ।
तालिम ११ गतेदेखि सुरुभएको थियो भने १२ गते समापन गरिएको छ । तालिमको उद्घाटन र समापन कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम गैरेको अध्यक्षता रहेको थियोे ।
तालिममा स्वर्गद्वारी नगरपालिका भित्र रहेका ५४ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका लेखापाल लगायतको सहभागीता रहेको थियो ।
दुई दिन सम्म संचालन भएको तालिममा प्रशिक्षक (सिटिएफ) नेपाल का प्रबन्ध निर्देशक बद्री प्रसाद ढकाल, (सिटिएफ) नेपाल लुम्बिनी प्रदेशका व्यवस्थापक अशोक सुवेदी सहितका अन्य पदाधिकारीहरुले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख ढकालले स्वर्गद्वारी मन्दिरको प्रसिद्धि जस्तै स्वर्गद्वारी नगरपालिकाले शिक्षा क्षेत्रमा पनि प्रसिद्धि कमाउदै गुणस्तरीय शिक्षाकायुक्त स्वर्गद्वारी नगरपालिका भएको देख्न पाइ्योस भन्ने धारणा राखेका थिए ।
प्रमुख ढकालले तालिमको समापन कार्यक्रममा सहभागी जेष्ठ नगरिएको हात बाट १२ बुदे सुझाव पत्र समेत स्वर्गद्वारी नगरपालिकाको शिक्षा शाखालाई बुझाएका छन् । सुझाव पत्र बुझ्दै त्यसको कार्यान्वयन गराउनका निम्ति नगरको शिक्षा शाखा जिम्मेवार भएर लाग्ने शाखा प्रमुख प्रेम बहादुर जिसीले प्रतिबद्धता जाहेर गरेका छन् ।
सम्पूर्ण विद्यालयका लेखापालहरुको प्रतिनिधित्व गर्दै तालिमको समीक्षा अमर माध्यमिक विद्यालयका लेखापाल हरिशरण रेग्मीले गरेका थिए । सामुदायिक विद्यालय पछाडि रहनुमा शिक्षकहरुकै कमजोरी कारण रहेको रेग्मीले बताए । आफूले सामुदायिक विद्यालयमा अध्यापन गर्ने तर आफ्नो छोराछोरीलाई निजी विद्यालयमा पठनपाठन गराउने गलत परम्पराका कारण सामुदायिक विद्यालयको शैक्षिक सुधारमा अपेक्षाकृत सुधार हुन नसकेको बताए ।
समापन कार्यक्रममा नगरमा क्रियाशील विभिन्न राजनीति दलका प्रमुख एवम् प्रतिनिधि, शिक्षा क्षेत्र संग सम्बन्धित र सरोकार राख्ने विभिन्न तह र तप्काका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रम को सहजीकरण ओविराम भण्डारीले गर्नु भएको थियो ।