News Portal

चार दलले गरे समाजवादी मोर्चाकाे औपचारिक घोषणा

फरकपोस्ट संवाददाताअसार ४ काठमाण्डाैं
५०२ पटक
असार ४ काठमाण्डाैं

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीसहितका चार दलले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन् ।

शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चाकाे घोषणा गरेका हुन् ।

मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई समेत मोर्चामा सहभागी हुने सहमति भएको थियो। तर, आज डा. भट्टराई कार्यक्रममा सहभागी छैनन् ।

प्रतिकृया दिनुहोस्