News Portal

जथाभावी नबोल्न गृहमन्त्रीलाई केपी ओलीको चेतावनी

फरकपोस्ट संवाददातासाउन ९ काठमाण्डाैं
९७९ पटक
साउन ९ काठमाण्डाैं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएको सुन प्रकरणका विषयमा गृहमन्त्रीको जवाफ मागेका छन् ।

सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने भन्दै उनले यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन भनेर प्रश्न सोधेका छन् ।

कम्बोडिया भ्रमणबाट गएराति स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘गृहमन्त्रीले बताउनुपर्‍यो उहाँको संलग्नता छ छैन यसमा ?

गत मंगलबार क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएको करिब एक क्विन्टल सुन बुधबार भन्सार जाँच पास भएर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

गृहमन्त्रीले विमानस्थलमा कुनै टारको वा कोटको उच्च पदस्थ भए पनि सुनकाण्डको जरै सम्म पुगेर तिनलाई नछाड्ने चेतावनी दिएको सन्दर्भमा ओलीले उक्त अभिव्यक्ति अनैतिक र गैर जिम्मेवार भएको टिप्पणी गरे ।

ओलीले भने, ‘क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री चाहिँ काँक्राको बियाँ अर्काको गालामा लगेर टाँस्छ मुखैको छेउँमा । आफू गृहमन्त्री भएर यसको भए पनि उसको भए पनि त्यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ?’

उनले जथाभावी नबोल्न गृहमन्त्री श्रेष्ठलाई चेतावनी समेत दिए ।

प्रतिकृया दिनुहोस्