News Portal

थानेश्वर गौतम र निशा केसीको आवाजमा ‘सारा संसार एकातर्फी’

फरकपोस्ट संवाददाताचैत २० काठमाडौं
१२१३ पटक
चैत २० काठमाडौं

चर्चित गजल तथा लोक गायक एवम् संगीतकार थानेश्वर गौतम र गायिका निशा केसीको स्वरमा निकै नै मर्मस्पर्शी गीत “सारा संसार एकातर्फी” सार्वजनिक भएको छ ।

चर्चित गीतकार प्रभा बर्तौलाले यस गीतको शब्द सृजना गरेकी हुन् भने संगीत थानेश्वर गौतम आँफैले भरेका छन् ।

गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन भने ध्वनि सम्पादन खड्ग बाजुरालीले गरेका हुन् । गीतको रेकर्ड मालश्री स्टुडियोमा गरिएको हो ।

सृजन बरालको कथा, निर्देशन रहेको यस म्युजिक भिडियोमा जिबी चिरण, रोशनी कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ। राम केसीको छायांकन तथा मिलन विश्वकर्माको सम्पादनमा तयार पारिएको गीतलाई थानेश्वर गौतम अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतकार प्रभाव बर्ताैला र संगीतकार थानेश्वर गाैतमका सहकार्यमा रहेका पछिल्ला सृजनाहरु निकैनै चर्चामा रहेका छन् । लोक गीत संगीतमा फरक धार निमार्ण गरिरहेका गाैतमका यसअघिका थुप्रै लोक गीत  संगै गजल बहुचर्चामा रहेका छन् । ‘छुट्नलाई पो रैछ क्यारे, एउटा कथा, पिरतीको पाइला, फुर्के धागो, मस्याैरा, उनका चर्चामा रहेका सृजनाहरु हुन् ।

विगत लामो समयदेखि नेपाली गीत संगीतमा अनवरत रुपमा क्रियाशील रहदै आएका गाैतमले नेपाली संगीत जगतमा साधकका रुपमा दर्ज गरिसकेका छन् । लोकगीत संगीतको उर्वरभूमिका रुपमा परिचित बाग्लुङ जिल्लाको गल्कोटमा जन्मिएका गाैतमको सृजनामा लोक सुगन्ध भेटिने गर्छ । लोकगीत संगीत प्रेमी दर्शक श्रोताका निम्ति फरक स्वाद दिई रहेका छन गौतम । लोकगीत र गजललाई एकसाथ बोकेर हिडेका गायक/संगीतकार गाैतमले प्रतिभाशाली र भस्टाईल गायक संगीतकारको परिचय बनाईरहेका छन् ।

 

प्रतिकृया दिनुहोस्