News Portal

नोभेम्बरमा सर्‍यो, लंका प्रिमियर लिग

फरकपोस्ट संवाददाताअसार २६, काठमाडौं
८२६ पटक
असार २६, काठमाडौं

यही जुलाई अन्तिममा शुरु हुने भनिएको लंका प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिता करीब चार महिना पछि सारिएको छ ।

श्रीलंका क्रिकेटले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता सरेको जनाएको छ ।

जुलाई २९ देखि तय भएको प्रतियोगिता अब नोभेम्बर १९ देखि १२ डिसेम्बरसम्म आयोजना आयोजक श्रीलंका क्रिकेटले हुने जानकारी दिएको छ ।

श्रीलंका क्रिकेटले प्रतियोगितामा धेरैभन्दा धेरै खेलाडीले सहभागिता जनाउने अवसर पाउन् भनेर प्रतियोगिता सारिएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्