News Portal

एसिया कपमा छनोट भएका क्रिकेट टाेलीलाई राष्ट्रपतिले दिए बधाई

फरकपोस्ट संवाददाताबैशाख १९ काठमाण्डाैं
४६७ पटक
बैशाख १९ काठमाण्डाैं

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एसिया कप क्रिकेटमा छनोट भएकामा खेलाडी, प्रशिक्षक र सम्बन्धित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका छन् ।

मंगलबार अपरान्ह एक बधाई सन्देश जारी गरी उनले युनाइटेड अरब इमिरेट्सलाई हराएर एसीसी प्रिमियर कपको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई दिएका हुन् ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जित्नुका साथै एसिया कपमा छनोट भएको छ ।

राष्ट्रपतिले भनेका छन्, ‘खेलको क्रममा नेपाली खेलाडीहरुले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।’

राष्ट्रपति पौडेलले भविष्यमा पनि यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्दै खेलाडीहरुले नेपाल र नेपालीको नाम राख्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले आगामी प्रतियोगिताहरुको लागि पनि शुभकामना दिएका छन् ।

प्रतिकृया दिनुहोस्