News Portal

सर्वोत्कृष्ट लय (लोक दोहोरी) अवार्ड सर्जक प्रसाद लामिछानेलाई

फरकपोस्ट संवाददाता
४६६ पटक

नेपाली लाेक दाेहाेरी गीत संगीतमा विगत एक दशक देखि सक्रिय रहेका सर्जक प्रसाद लामिछानेले सर्वोत्कृष्ट लय (लोक दोहोरी) तर्फबाट तेस्रो ज्योती फिल्म्स अवार्ड २०७८ हात पारेका छन् । चलचित्र निर्माता निर्देशक  तुलसी घिमिरे तथा नायक रमेश उप्रेतीको हात बाट उनले उक्त अवार्ड थापेका हुन् | केही महिना अगाडी सार्वजनिक भएकाे लाेकप्रिय गीत “पानी छल्काले” बाट उनले  अवार्ड पाएका हुन |

विगत एक दशक देखि निरन्तर लाेक तथा दाेहाेरी गीत संगीतमा सक्रिय रुपमा लागिरहेका सर्जक लामिछानेका दुई दर्जन भन्दा गीतहरु गीत संगीत प्रेमी दर्शक श्राेताका बिचमा लाेकप्रिय छन । अवार्ड प्राप्तपछि हामी संग कुरा गर्दै उनले भने दुख गरिएको ठाउँबाट यस्तो सम्मान प्राप्त हुदा साच्चिकै खुसी लाग्ने रहेछ र गरिरहेको काम प्रति गर्व महसुस संगै अझै हाैसला मिलेकाले थप तनमनका साथ लाग्ने उर्जा थपिएको हामीलाई बताए ।

प्रतिकृया दिनुहोस्