News Portal

सर्वोत्कृष्ट आधुनिक संगीतकारकाे अवार्ड बिबि अनुरागीलाई

फरकपोस्ट संवाददाताअसाेज २२ काठमाण्डाैं
३७६ पटक
असाेज २२ काठमाण्डाैं

वरिष्ठ संगीतकार बिबि अनुरागीले सर्वोत्कृष्ट आधुनिक संगीतकारकाे अवार्ड प्राप्त गरेका छन् ।

काठमाडौँमा एक्टिभ इन्टरनेशनल प्रा.ली.द्वारा आयोजित दाेस्राे संस्करणको ‘राष्ट्रिय एक्टिभ म्यूजिक अवार्ड–२०८०’ अन्तर्गत राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरे द्वारा रचित “जान्दिन हे प्रियसी”बोलको गीतबाट उनले वर्षकाे सर्वाेत्कृष्ट आधुनिक संगीतकार तर्फकाे अवार्ड चुमेका हुन् ।

नेपाल सरकारका कानुन न्यायमन्त्री  तथा संसदीय मामिला मन्त्री धनराराज गुरुङकाे प्रमुख आतिथ्यतामा नेपाल चलचित्र विकास बाेर्डकाे सभाहल चाबहिलमा अवार्ड कार्यक्रम भव्यरुपमा सम्पन्न भएकाे थियाे ।

संगीतकार अनुरागीले संगीत सृजना गरेका  गीतहरू ‘जाउला रेलैमा सरर’, ‘विछाेडकाे कराैतीले’, ‘कुरा खाट्टी हाे’, ‘सिरीमा सिरि’, चलचित्र बाटुलीमा रहेकाे गीत‘दुई चुल्ठी बाटेर’ ‘उडेर जून छुन्छु भन्थे’ ‘जहाँ तिमी’ ‘नबुझेकाे हैन तिमलाई’ ‘तिम्रै झल्काे आउँछ मेराे परदेशी’ ‘झमतारा झमझम’ ‘घाम र रातकाे भेट’ ‘काठमाण्डाैं छुट्याे हेर्दाहेर्दै’ ‘उडाई रहुन्’ ‘ज्यानमाया’ ‘कहाँ पुग्याे नेटाे काटी’ ‘हराए धेरै जीवनमा’ ‘जलन’ लगायतका सयाैं गीतहरु दर्शक श्राेतामाझ निकै चर्चित एवं लाेकप्रिय रहेका छन्।

अनुरागीले थुप्रै लाेकप्रिय चलिचत्रहरुमा पाश्र्व संगीत, गायन, लेखन तथा हजाराैं गीतमा संगीत संयाेजन  गरेका छन् । संगीतकार अनुरागीले यसअघि पनि थुप्रै प्रतिष्ठित अवार्ड एवं सम्मानहरु प्राप्त गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्