News Portal

राष्ट्रपतिद्वारा विभूषित हुँदै बहुचर्चित कलाकार कुलेन्द्र विक र विष्णु माझी

फरकपोस्ट संवाददाताअसोज २ काठमाडौं
३०४१ पटक
असोज २ काठमाडौं

बहुचर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी र अर्का लाेकप्रिय गायक कुलेन्द्र विश्‍वकर्मालाई नेपाल सरकारले विभूषित गर्ने भएको छ । स‌ंविधान दिवसका अवसरमा नेपालकाे लाेक संगीत क्षेत्रमा महत्वपूर्ण याेगदान पुर्याएकाे भन्दै उनीहरुलाई नेपाल सरकारकाे प्रवल जनसेवाश्री पदकबाट सम्मानित गर्ने सरकारले घाेषणा गरेकाे हाे ।

गायिका माझी र गायक कुलेन्द्र लामाे समय देखि नेपाली लाेक तथा दाेहाेरी गीत संगीतमा क्रियाशिल मात्र छैन उत्तिकै लाेकप्रिय रहदै आएका छन । माझी र विकले सहकार्य गरेका अधिकांश गीतहरु सुपरिहट रहेका छन जस्तै: सालकाे पात, डाँडै फुर्के, सल्लाे रुमाल हल्लाइ हल्लाइ, नजाउ है सानु पधेरीमा जस्ता दर्जनाैं गीतहरु नेपाली सांगीतिक बजारमा कालजयी र सदाबहार बनेर रहेका छन ।

नेपाल सरकारद्वारा विभूषित हुदै गरेका गायिका विष्णु माझी र गायक कुलेन्द्र विश्‍वकर्मालालाई हाम्राे तर्फवाट हार्दिक बधाई ज्ञापन गर्दछाैं ।

प्रतिकृया दिनुहोस्