News Portal

पुर्णिमा लामाले चुमिन सर्वाेउत्कृष्ट गायिकाकाे अवार्ड

फरकपोस्ट संवाददातापाैष १४ काठमाण्डाैं
११७६ पटक
पाैष १४ काठमाण्डाैं

नवौं म्युजिक खबर म्युजिक अवार्ड २०७८ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा म्युजिक अवार्ड चुम्न सफल भएका छिन। पौष ११ गते काठमाण्डौको लैनचौर ब्यंकेटमा भब्यताका साथ सम्पन्न भएको उक्त अवार्ड समारोहमा चर्चित गायिका पुर्णिमा लामाले अवार्ड हात पार्न सफल भएका हुन । “ एक पल्ट भनन” भन्ने गित बाट चर्चित गायिका पुर्णिमा लामाले अवार्ड हात पार्न सफल भएका हुन ।

चर्चित गायिका पुर्णिमा लामा र बिशाल निरौलाको आवाजमा रहेको उक्त गीत बिशाल निरौलाको युटुब च्यानल बाट सार्वजानिक गरिएको थियो । नेपाल सरकारको सस्कृती , पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री माननिय श्री प्रेम आले ज्यु को प्रमुख आतिथ्यमा लैनचौर ब्यांकेटमा भब्यताका साथ सम्पन्न भएको थियो । चर्चित गायिका पुर्णिमा लामा सँग अन्य चर्चित गायिका हरु देविका बन्दना, निशा देशार, रिता के सी, र बानिका प्रधान हरु प्रतिस्पर्धामा रहेका थिए । म्युजिक खबर अवार्ड द्वारा बिभिन्न ४२ बिधामा अवार्ड वितरण गरिएको थियो । सानै उमेरमै सांगितिक चर्चाको शिखरमा पुग्न सफल गायिका पुर्णिमा लामाले हाल सम्मा झन्डै चार सय भन्दा बढी गीत गाई सकेका छन ।

चर्चित गायिका पुर्णिमा लामाले गाएका चार सय भन्दा बढी गीत हरुमा मुटु जली खरानी भो’ फुल भनौ जिन्दगीलाई ‘ तिमी बिना पागल भाछु’ तिम्रो एउटा झुटले मेरो’ र एक्लो भए म’ जस्ता दर्जनौ गित हरु दर्शक माझ चर्चित रहेका छन । धादिङ जिल्ला साबिक बैरेनी गा ।बि ।स वडा नं ८ हाल गल्छी गाउँपालिका वडा नं ७ मा बुबा राम चन्द्र तामाङ र आमा कान्छी तामाङ की कान्छी सुपुत्रीको रुपमा जन्मिएका शालिन तथा बहुप्रतिभाकी धनी गायिका पुर्णिमा लामाले सानै उमेरमा लोकप्रियता कमाउन सफल गायिका मेरो नेपाली गीत संगीत प्रेमी दर्शक श्रोता समक्ष आफूलाई दर्ज गरेका छन । लोकप्रिय गायिका लामाको थप सांगीतिक उन्नति प्रगतिको कामना गर्दछौं ।

प्रतिकृया दिनुहोस्