News Portal

नायिका रेखा थापाले दोस्रोपटक लगन गाठो कसिन

फरकपोस्ट संवाददाताफागुन २ काठमाडौं
१०५३ पटक
फागुन २ काठमाडौं

चर्चित नायिका, निर्मात्री तथा निर्देशक रेखा थापा विवाह बन्धनमा बाँधिएकी छिन । नायिका थापाले जाजरकोट घर भएका बलराम शाहीसँग लगन गाठो कसेकी हुन ।

नायिका थापाले आफ्ना प्रेमी बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन् । उनीहरु जिल्ला अदालत काठमाडौंमा पुगेर केही दिनअघि नै कोर्ट म्यारिज गरेको बताइएको छ । शाही पेशाले पर्यटन व्यवसायी रहेको बताइएको छ । रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा रहदै आएका थिए ।

नायिका थापाले आफ्नो विवाहबारे औपचारिक रुपमा केही प्रतिक्रिया दिएकी छैनन्।

चलचित्र निर्माता छवि ओझा सँगको करिब १० वर्षको वैवाहिक सम्बन्ध टुटेपछि नायिका थापा केही वर्षयता एक्लै रमाइरहेकी थिइन् ।्

प्रतिकृया दिनुहोस्