News Portal

पल शाहले सार्वजनिक गरे आफूलाई फसाउन खाेज्नेहरुकाे नामावली

फरकपोस्ट संवाददाताफागुन १२ काठमाण्डाैं
१८२३ पटक
फागुन १२ काठमाण्डाैं

गायिका समीक्षा अधिकारीलाई करणी गरेको आरोप लागेका अभिनेता पल शाहले आफुलाई फसाउने षड्यन्त्र भएकाे  भन्दै उनी विरुद्ध षड्यन्त्र गर्नेहरुको नाम सहित याेजना बनाइएका अडियाे क्लिपहरु समेत सार्वजनिक गरेका छन्।
बिहिवार  बिहानै उनले आफ्नो फेसबुक पेज मार्फत आफ्नो स्पस्टीकरण जारी गर्दै आफूलाई फसाउने षड्यन्त्र गर्नेहरुको नाम सार्वजनिक गरेका हुन् । उनले‍ आफू विरुद्ध समीक्षालाई उचालेर लगाउनेहरुमा
माेडल दुर्गेश थापा, सरोज ओलि, कृष्ण जोशी र सम्राट चौलागाई लगायतकाे नाम उल्लेख गरेका छन । उनले आफुलाई फसाउन गरिएका षडयन्त्रका अडियो क्लिपहरु पनि आफ्नो फेसबुकमा राखेका छन् ।

यस्ताे छ पल शाहले लेखेकाे स्टाटसम
नमस्कार म पल शाह 🙏
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।
केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई

 

 

 

प्रतिकृया दिनुहोस्