News Portal

सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड फागुन २८ गते नाचघरमा सम्पन्न हुदै

गोविन्द अनेक फागुन २६ काठमाडौं
१०५३ पटक
फागुन २६ काठमाडौं

“अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८ फागुन २८ गते शनिबारको दिन राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुदैछ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले हरेक वर्ष अवार्ड कार्यक्रम अयोजना गर्दै आइरहेको को भए पनि कोभिड–१९ का कारण केही वर्ष यता रोकिएको थियो ।

यसपालि कोरोना कहरको प्रभाव अलि कम भएकालेे भव्य रुपमा लोक दोहोरी अवार्डको आयोजना गरिएको संस्थाका अध्यक्ष सुजन लम्सालले जानकारी दिएका छन ।

२०६२ साल देखि निरन्तर लोक दोहोरी क्षेत्रको विकास सम्बर्द्धन, प्रबर्द्धन तथा संरक्षणका लागि यो संस्थाले यस्ता महत्वपूर्ण कार्यक्र गर्दै आएको छ ।

समितिले २०६९ साल देखि राष्ट्रिय लोक दोहोरी अवार्ड कार्यक्रमको आयोजना निरन्तर रुपमा गरिरहेको छ । लोक दोहोरी क्षेत्रका कलाकर्मीहरुले उक्त ऐतिहासिक कार्यक्रमलाई एउटा पर्वको रुपमा पनि मनाउने गर्दछन् ।

कलाकारहरुको हरेक दुःख र सुखको सहयात्री संस्था उपत्यका समन्वय समितिले यस वर्ष सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८ सम्माननीय उपराष्ट्रपतिको प्रमुख अतिथ्यतामा सम्पन्न गर्ने संस्थाका सचिव रामु खड्काले बताए ।

लोक दोहोरीको इतिहास र गरिमा बोकेको संस्थाले कलाकार्मीहरुको क्षमता अभिवृद्धिका लागि यस्ता विभिन्न कार्यक्रम र श्रष्टा, सर्जकहरुलाई सम्मान गर्दै आईरहेको छ ।

यस वर्षको अवार्ड कार्यक्रम–२०७८ मा लाईफ टाईम एचिभमेण्ट सम्मान–वरिष्ठ लोक गायक बम बहादुर कार्की, त्यस्तै संस्थागत सम्मान संस्था निमार्णमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएका समन्वय समितिका जन्मदाता दुर्गा रायमाझी, दशकका श्रष्टा सम्मान लोकप्रिय गायक राम्जी खाड, सदाबार लोक गीत कलकत्ते काईयों (स्वा.जयनन्द लामा) लोक पत्रकारिता सम्मान नरेश फुयाल (बाह्रखरी मिडिया) लाई प्रदान गर्ने संस्थाले निर्णय गरेको अवार्ड कार्यक्रम प्रचार प्रसार समितिका संयोजक प्रसाद लामिछानेले जानकारी दिएका छन् ।

अवार्ड कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन कसंस्थाले संस्थाका पदाधिकारीहरुलाई निम्न जिम्मेवारी प्रदान गरिएको छ ।

मुल आयोजक समिति
संयोजक : सुजन लम्साल
सह–संयोजक : जमुना सनम

सचिवालय विभाग
संयोजक : रामु खड्का
सह–संयोजक :शर्मिला कंडेल

सदस्यहरुः
रबिन लामिछाने
शितल शर्मा
लगायत

२. आर्थिक विभाग
संयोजक : तिलक परियार
सह–संयोजक : कला लम्साल
सदस्यहरुः
भिमु गुरुङ्ग
शान्ति सुनार
लगायत

३. प्रचार प्रसार विभाग
संयोजक : प्रसाद लामिछाने
सह–संयोजक : नरेश खाती
सदस्यहरुः
पृतम थापा
खेम सेञ्चुरी
लगायत

४. अतिथि स्वागत तथा सत्कार विभाग
संयोजक : जमुना सनम
सह–संयोजक : शान्ति श्री परियार
सदस्यहरुः
सुनितामी परियार
मिरा गिरी
लगायत

५. स्वयंसेबक विभाग
संयोजक : राजेश ढकाल
सह–संयोजक : रमेश बाबु थापा
सदस्यहरुः
मदन परियार
९ वटा समितिका अध्यक्षहरु सहित ४ जना
लगायत

६. मञ्च व्यवस्थापन विभाग
संयोजक : कुमार राना
सह–संयोजक : अर्जुन थापा
सदस्यहरुः
बाल चन्द्र बराल
कुशल बेल्वासे
लगायत

७. कार्यक्रम संचालक विभाग
संयोजक : पि.एन. सापकोटा
सह–संयोजक : प्रिति आले मगर
लगायत

८. साँस्कृतिक विभाग
संयोजक : गंगा पुन
सह–संयोजक : डोलराज बाह्रघरे
सदस्यहरुः
दिनेश क्षेत्री
भुमिका गिरी
लगायत रहेका छन ।

प्रतिकृया दिनुहोस्