News Portal

पर्वत कलाकार समाजको अध्यक्षमा लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा

फरकपोस्ट संवाददाताचैत ४ काठमाडौं
१४५२ पटक
चैत ४ काठमाडौं

लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा पर्वत कलाकार समाजको अध्यक्षमा निर्वाचित भएका छन । पर्वत कलाकार समाज नेपालको दोश्रो अधिवेशनले अध्यक्षमा विश्वकर्मा सहितको नयाँ कार्यसमिति चयन गरेको छ । 

सर्वसम्मत प्रक्रियाबाट चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण समीप सुवेदी, उपाध्यक्षमा कुमार केसी,महासचिवमा प्रल्हाद सुवेदी, सचिवमा सुजन बराईली, कोषाध्यक्षमा सुश्मा लोहनी र सह कोषाध्यक्षमा लक्षु प्रकाश मल्ल चयन भएका छन् ।

मंगलबार काठमाडौंको अनामनगरमा आयोजित दोस्रो अधिवेशनको सभाले पर्वत कलाकार समाजका सदस्यहरुमा भिम बहादुर पौडेल, रमेश सेन्चुरी, सुरज श्रेष्ठ, सृजना जिसी, संकल्प सुवेदी, कल्पना काफ्ले र दिपिका पौडेललाई चयन गरेको छ ।

अघिल्लो कार्यकालमा लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्त अध्यक्ष रहेका थिए । नयाँ कार्यसमिति चयन भएसंगै निवर्तमान अध्यक्ष पन्त विधानत समाजको संरक्षक बनेका छन्। अध्यक्षमा चयन भइसकेपछि बोल्दै गायक कुलेन्द्र विश्वकर्माले ‘हाम्रो मूलमन्त्र भनेको संस्कार र संस्कृति हो, यसैको जगमा हामी कलाकर्मलाई सम्मुनत बनाउने र कलाकारको आत्मसम्मान सृजना गर्ने काम गर्नेछौं’, यसअघिका कार्यसमितिमा मातृभूमीमा सम्मान कार्यक्रमबारे छलफल भएको थियो, कोभिडले गर्दा काम गर्न सकिएन तर यसपटकको कार्यसमितिले यसलाई पनि आफ्नो कार्ययोजनामा राख्नेछ। र, काम गर्नेछ नवनिर्वाचित अध्यक्ष विश्वकर्माले भने।’

प्रतिकृया दिनुहोस्