News Portal

म कुनै एक पार्टीको होइन सबै पार्टीको हुँ : दीपकराज गिरी

फरकपोस्ट संवाददाताचैत १९ काठमाडौं
१११० पटक
चैत १९ काठमाडौं

निर्देशक कलाकार दीपकराज गिरीले आफू एउटामात्र कुनै पार्टीको नभई सबै पार्टीको भएको बताएका छन । दीपकराज गिरी माओवादी प्रवेश गरेको हल्ला मिडियामा चलेपछि गिरीले यस्तो बताएका हुन ।

उनले फेसबुकमा लेखेका छन मलाई माओवादीमा प्रवेश गरेको भनेर केही मिडियाले समाचार सम्प्रेषण गरेको पाए फोन म्यासेज आएर हैरान भयो म कहीं गएको छैन, म कुनै एक पार्टीको होइन सबै पार्टीको हुँ भनेर लेखेका छन ।

पछिल्लो समय कलाकर्मीहरुको राजनीतिक मोह देखिन थालेको छ । केही दिन अघि नायिका करिश्मा मानन्धर एमाले पार्टी प्रवेश गरेकी छिन ।

(यस्तो छ उनले लेखेको फेसबुक स्टाटस)
दीपकराज गिरी माओबादीमा प्रबेश भनेको हेडलाइन मात्रै हेरेर फ़ोन र म्यासेज आएर हैरान…
म कहि गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ -शुभरात्री !

प्रतिकृया दिनुहोस्