
लाेकप्रिय गायक कुलेन्द्र विश्वकर्मा नेपाल सरकारका तर्फबाट प्रबल जन श्री पदक बाट विभूषित भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गायक कुलेन्द्र विश्वकर्मा लाई‘प्रबल जनश्री पदक’ प्रदान गरेकी हुन् । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषित मानपदवी विभूषण आज प्रदान गरिएको हो ।
विगत लामाे समय देखि नेपाली लाेक तथा दाेहाेरी गीत संगीत जगतमा क्रियाशिल गायक कुलेन्द्रका थुप्रै लाेकप्रिय गीतहरु रहेका छन । पर्वत जिल्लामा जन्मिएर नेपाली गीत संगीतमा अनवरत रुपमा लागि परेका गायक कुलेन्द्रले गायका गीतहरु जाेगीकाे भेषैमा, नजाउ है सानु पधेरीमा, डाँडै फुर्कै सल्लाे, रुमाल हल्लाइ हल्लाइ, सालकाे पातकाे टपरी हुनी, जलजला लगायतका दर्जनाैं गीतहरु नेपाली गीत संगीतप्रेमी दर्शक श्राेता माझ निकै प्रिय रहेका छन ।
यस्ताे छ उनले लेखेकाे स्टाटस्