News Portal

प्यूठानबाट ४ हजार ४ सय ३३ जना विद्यार्थी एसईई परीक्षामा सम्मिलित

फरकपोस्ट संवाददाताबैशाख ९ काठमाण्डाैं
९०७ पटक
बैशाख ९ काठमाण्डाैं

देशभर आज देखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्यूठानबाट ४ हजार ३ सय ३३ जना विद्यार्थी सम्मिलित भएका छन । जसमध्ये ३ पुरुष र २ महिला विद्यार्थी गरी ५ जना बैरा अपाङ्गता  फरक क्षमता भएका विद्यार्थीहरु पनि सम्मिलित रहेकाे छन् । उनिहरु पब्लिक इङ्गलिस बार्डिङ स्कुल दाखाक्वाँडीमा आजको परिक्षामा सम्मिलित भएका हुन । जिल्लामा हाल १६ वटा परिक्षा केन्द्रमा परिक्षा सुरु भएको छ । ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु भएको हो ।

कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै एसईई सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षाका लागि केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका आवश्यक सामग्री जिल्ला–जिल्लामा पठाइसकेको उहाँले जानकारी दिनुभयो ।

एईइईका लागि देशभर दुई हजार सात वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा यस वर्ष ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार नौ सय १४ जना र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी पाँच लाख १४ हजार नौ सय ६७ परीक्षार्थी सहभागी हुने भनिएको विविध कारणले विद्यार्थीहरु परिक्षामा सहभागी भएका छैनन ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार चार सय ५४ विद्यार्थी र प्राविधिक धारतर्फका दुई सय ९९ विद्यालयका १४ हजार पाँच सय ६४ विद्यार्थी पनि एसईईमा सहभागी भएका छन । परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ जना विद्यार्थी सहभागी भएका छन । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि सहभागी भएका छन ।

प्रतिकृया दिनुहोस्