News Portal

सुप्रिम मल्ल र पुजा देवकाेटाले गाएकाे विष्णु खत्रीकाे ‘परान बाँकी छ’ युटुब ट्रेडिङ ३ मा

फरकपोस्ट संवाददाता
१५३१ पटक

बरिष्ठ गायक एवं अब्बल सर्जक विष्णु खत्रीकाे शब्द संगीतमा रहेकाे ‘परान बाँकी छ’ नामक लाेक दाेहाेरी गीतकाे चर्चा यतिबेला सर्वत्र चुलिएकाे छ । गीतमा बाल गायक सुप्रिम मल्ल ठकुरी र पुजा देवकाेटाले आवाज दिएका छन ।

कृष्ण केसीकाे संगीत संयाेजन, श्‍यामश्‍वेत रसाइलीलकाे मिक्सिङ्ग रहेकाे यस गीतकाे रेकर्डिङ कमल थापा र गाेविन्द अनेकले गरेका हुन भने रेकर्डिङ प्रिज्म स्टुडियाेमा गरिएकाे हाे ।

सर्जक खत्रीले गीतमा माया प्रेमकाे विषयलाई उठाएका छन ।   गीतमा नेपालका विभिन्न जिल्लाहरुलाई सर्जकले कलात्मक ढंगले चित्रण गरेका छन ।  गीतले दर्शक श्राेताकाे अपार मायाका कारण अहिले युटुबकाे  ट्रेडिङ ३ मा उक्लिएकाे छ  । हामीले याे समाचार तयार पार्दासम्म ३ लाख ५४ हजार ६ सय ८६ पटक हेरिएकाे छ । गीत साेमाबार विष्णु खत्री अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे ।

सरल म्युजिक भिडियाे उत्कृष्ट्र शब्द संगीत र गायिकी दर्शक श्राेताकाे राेजाइमा परेकाे छ । म्यूजिक भिडियाेकाे परिकल्पना  सर्जक विष्णु खत्रीले नै  गरेका छन । भिडियाेकाे छायांकन करन चैसियर र सम्पादन अमृत चापाँगाइले गरेका छन । गीतले अझै दर्शक श्राेताकाे मन जिताेस् शुभकामना ।

भिडियाे : 

प्रतिकृया दिनुहोस्