News Portal

मिरुना र फुर्बा दुवैले गरे क्षमायाचना (तस्बिरहरु)

फरकपोस्ट संवाददाता
८३९ पटक

ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।

मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् । दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनमा यस विषयमा विवाद नगर्ने सहमति भएको छ ।

सहमतिपत्रमा साक्षीका रुपमा मिरुनाका तर्फबाट रामबाबु गुरुङ, दयाहाङ राई मणीराम पोखरेल, विजय बराल, सञ्जोग लाफा मगर, पशुपति राई र कालीप्रसाद रिजाल छन् । यस्तै, फुर्पाको तर्फबाट खेन्पो कमल भण्डारी मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्