फरकपोस्ट संवाददाताकार्तिक १९ संखुवासभा

गायिका समीक्षा अधिकारीमाथि संखुवासभामा ढुङ्गा प्रहार भएकाे छ । संखुवासभा खाँदबारी पाङ्ठामा एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिदै गर्दा अधिकारीमाथी ढुङ्गा प्रहार भएकाे हाे ।
सांगीतिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनीमाथि ढुङ्गा प्रहार हुदा स्थिति तनाबग्रस्त भएको थियो भने कार्यक्रमस्थल खैलाबैला मच्चिएको थियो ।
ढुङ्गा प्रहार भएपछि समीक्षाले स्टेजबाटै यसो नगरिदिनुस् तपाईंको घरमा पनि दिदी बहिनी होला, राम्राे, नराम्रो भन्ने त जसकाे पनि भइहाल्छ नि भनेकी थिइन् ।