News Portal

नेपालमा आज माघ १५ गते नर्सिङ दिवस मनाइँदै

सबै नर्सहरूलाई सम्मानका साथै शुभकामना

सौगात सिंह माघ १५ काठमाडौँ
३२२ पटक
माघ १५ काठमाडौँ

आज माघको १५ गते नेपालमा नर्सिङ दिवस, फ्लोरेन्स नाईटीएगंल बाहिर विश्वयुद्धको अग्नि दनदनी बलिरहेको, मान्छेहरू दिनहुँ हताहत र घाइते भइरहेका समयमा हातमा सानो टुकी बालेर घाइतेहरूको सेवामा हरपल तत्पर थिइन् ।

गएको शताब्दीमा संसारभरिका मान्छेहरूले अत्यन्त महत्त्व दिएर आदरणीय रूपमा हेरेको नर्सहरूको बारेमा कुरा गरौँ । सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरू बोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारिका नर्स । नर्स भन्नासाथ अस्पतालको याद आउँछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आउँछ ।

अहिलेको सन्दर्भमा नर्सहरूको महत्त्व अनि विकास धेरै भइरहेको छ। नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ। सन् १९४७ मा वीर अस्पतालको स्थापना पछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्न सक्ने व्यक्तिहरु मात्रै थिए। वीर अस्पतालको इतिहास पल्टाउँदा त्यो बेला ड्रेसिङ लगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वले गर्ने गर्दथे । नर्सिङको नेपाली इतिहास विसं २०१३ बाट सुरु भएको देखिन्छ, जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङको तालिम लिएका थिए।

राणा शासनको क्रममा चार जना नेपाली चेलीहरू विधावती कंसकार, राधा देवी मालाकार, धर्मदेवी कंसकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली महिलाहरू भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाईन्छ ।

आज गल्ली पिच्छेका अस्पताल अनि क्लिनिकहरूमा नर्सहरूको उपस्थिति बाक्लै देख्न सकिन्छ। सहर सहरमा नर्सिङ कलेजहरू खुलेका छन्। अझ विदेश जान सहज हुने भएकाले नर्सिङ प्रतिको आकर्षण बढ्दै गइरहेको छ ।

आजको नेपाली समाजमा नर्सहरूको उपस्थिति अनि चित्र बडो गज्जब र सम्मानित रूपमा स्थापित भएको छ । नर्सिङ पेसा केवल पेसामात्र नभएर सेवामूलक व्यवसाय हो । यसलाई नेपालमा स्थापित र सम्मानित बनाउन यहाँ काम गर्ने सबै नर्सहरूको विशिष्ट योगदान रहेको छ ।

नर्सहरू दिनरात, भोकप्यास केही नभनी साना–साना बालबच्चा, परिवार, चाडपर्वलाई छोडेर बिरामीको सेवामा खटिन्छन् । यो उनीहरूको पेसागत धर्म पनि हो । एउटा नर्स आफ्नो पेसाप्रति पूर्ण रूपमा प्रतिबद्ध र जवाफदेही भएर काम गरिरहँदा नर्सलाई पुनर्जीवनकी देवीको रूपमा लिन र सम्मान सहित आत्मनिर्भरका साथ श्रमको उचित मूल्य दिएर व्यवस्थापन गर्न जरूरी छ, सम्बन्धित पक्षको ध्यान जाओस्।

देशभरी कार्यरत रहनुभएका सबै नर्सहरूप्रति राष्ट्रिय नर्सिङ दिवसको अवसरमा हार्दिक शुभकामना । जय नर्स ।। जय नर्सिङ दिवस।।।।

प्रतिकृया दिनुहोस्