News Portal

प्रेम गर्न प्रेमी नै चाहिने होइन , आँखा अगाडीको सबैलाई प्रेम गर्नुहोस्

वीरेन्द्र प्रसाद जोशीफाल्गुन २ बझाङ
३८५ पटक
फाल्गुन २ बझाङ

प्रेम दिवसको शुभकामना कसलाई दिने ? विशेष प्रेम कसैलाई गरेको छैन, पनि कसरी भनौं किनकी प्रेमको कुरा आउँदा मलाई त लाग्छ , मेरो मनमा जति प्रेम सबैको मनमा छैन कि साहेद, प्रेम पाउनेमा अलि पछाडी छु होला तर लाग्छ। प्रेम दिने अर्थात प्रेम गर्नेमा म धेरै अगाडी छु।

यो दुनियाँमा मलाई घृणा गर्नेहरुलाइ समेत बदलामा सोही फर्काउन सक्दैन अनि प्रेम गर्नेहरुलाई त झन मनबाट टाढा कसरी राख्न सुक्छु ? अर्को कुरा नचिनेका मान्छेहरुसँग परिस्थितिले परिचय नगराउन सक्ला तर पनि म किन हो किन देखे जति सबैलाई नियालिरहेको हुन्छु। सबैलाई उत्तिकै माया गरिरहेको हुन्छु । यसले गर्दा मैले देखेको र भेटेको सबै मान्छेहरूलाई माया गर्दछु । कोहिलाई पनि मेरो प्रेमबाट टाढा राख्न सक्दैन ।

मलाई मान्छेका बारेमा यत्ति लेखि रहदा एकदमै हतार भएजस्तो लागिरहेको छ । किनकि मेरो मनको मान्छे मात्रै छैनन् , मेरो प्रेमको दायरा भित्र म पृथ्वीका अन्य प्राणीहरु सबैलाई कम माया दिन सक्दैन ।

मान्छेको जस्तो उत्कृष्ट चेतना नभएर होला ।मान्छे जस्तो- स्वार्थी विचार नबोक्ने , अरुको कुभलो नचाहने , अरुको दुखमा रुन नजाने पनि खुशी नहुने अनि मानिसहरू जस्तो विभिन्न पदहरु को निर्धारण गरी कसैलाई ठूलो त कसैलाई सानो भन्न नजानेका यी सुन्दर देखिने सबै प्रकारका सजिवहरुको उत्तिकै माया लाग्छ मलाई ।

अर्को तिर यी बन जङ्गलहरु, नदि नाला अनि हिमालको सुन्दताले मेरो मन कति दङ्ग बनाएको हो कुन्नि बुझ्नै सकेको छैन तर यिनिहरुले पनि मेरो प्रेमको दायरा दिन प्रतिदिन बढाई रहन्छन ।

सबैभन्दा ठूलो कुरा त भन्नै छुटाएछु । मान्छेहरूले सबैभन्दा कम महत्त्वपूर्ण यी ढुङ्गा अनि माटोलाई भन्छन् रे, यो कुरा सुन्दा मलाई निकै दुख लाग्छ। यती ठूलो संसारका सम्पुर्ण जीवजन्तुलाई बाच्ने आधार दिएका यिनिहरुको माया त म बिर्सनै सक्दैन ।

यसकारण मलाइ आज प्रेम दिवसमा शुभकामना लेख्ने अनि भन्ने मन छैन किनकि मैले प्रेम गर्ने जति सबैले लेख्न अनि सुन्न पनि सक्दैनन् । म यो संसारभरी रहेका प्रत्येक सजिव अनि निर्जीवलाई प्रेम गर्छु ।

आज प्रणय दिवसको दिन सबैलाई धेरै माया अनि सम्झना 💘❤️💓💔💕

प्रतिकृया दिनुहोस्