News Portal

चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीको उमेदवारी

फरकपोस्ट संवाददाताफागुन ३० काठमाडौं
११८२ पटक
फागुन ३० काठमाडौं

अभिनेत्री रेजिना उप्रेतीले नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उमेद्वारी दिएकी छिन् । रेजिनाले शनिवार अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएकी छिन् । विगत दुई दशक बढी समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहेकी रेजिना ८ बर्ष देखि कलाकार संघको कार्यकारी समितिमा रहेका काम गरिरहेकी छिन् ।

रेजिनाले एक कार्यकाल उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको हैसियतमा संघमा काम गरिरहेकी छिन् । रेजिनाले आफुले कलाकारिता क्षेत्रमा गरेको योगदान र कलाकारको हकहितमा गरेका कार्यलाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता समेत गरेकी छिन् । उनले आफुले घोषणा पत्र तयार पारेको र सबै समक्ष आफ्नो योजना राख्ने बताएकी छिन् ।

जनचेतनामुलक टेलिसिरियल चेतना बाट अभिनय यात्राको सुरुवात गरेकी रेजिनाले ७० बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । रेजिनाले चलचित्र बाहेक म्युजिक भिडियो, सोसल डकुमेन्ट्री र विज्ञापनमा समेत अभिनय गरेकी छिन् । रेजिनाका बरदान, चिनो, दुर्गा, आफ्नो मान्छे, अग्निपथ, कर्णविर लगायत दुई दर्जन बढी सुपरहिट चलचित्र रहेका छन् ।

रेजिनासंगै कलाकार मोहन निरौला पनि अध्यक्ष पदमा उमेदवार घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस्