News Portal

रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा ममता गुरुङ प्रथम

फरकपोस्ट संवाददाताचैत १८ काठमाडौं
४६८ पटक
चैत १८ काठमाडौं

रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित आधुनिक गीत प्रतियोगितामा कास्कीकी ममता गुरुङले गायन तर्फ प्रथम स्थान हासिल गरेकी छिन् ।

गुरुङले स्वेता मैनालीको शब्द रचना र शङ्कर थापा स्माइलको सङ्गीत रहेको  तारा टिपेर माला लाउँछु बोलको गीत गाएकी थिइन् । गुरुङ पछिल्लो समयकि व्यस्त गायिका समेत हुन् । उनको रेकर्डिङ संगै मेला महोत्सवमा सक्रिय रहदै आएकी छिन् ।
प्रतियोगितामा  पाँचथरकी मुना ठटाल द्वितीय र  भक्तपुरका सरोज परियारले तृतीय स्थान हासिल गरेका छन् ।

ठटालले  डिपी खनालको शब्द रचना र शङ्कर थापा स्माईलको सङ्गीत रहेको  कति लाए मनमा मल्हम बोलको गीत गाएका थिए भने परियारले  पनि खनालको शब्द रचना र थापाकै सङ्गीत रहेको  बन्द भो त्यो आवाज बोलको गीत गाएका थिए ।

प्रतियोगितामा स्वेता मैनाली उत्कृष्ट गीतकार घोषणा भएका छन भने खड्ग गन्धर्व उत्कृष्ट सङ्गीतकार घोषित भएका छन् ।
वि सं २०२२ साल देखी सुरु गरिएको आधुनिक गीत प्रतियोगितामा यो पटक मुलुकभरबाट ३० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव नेत्रप्रसाद सुवेदीले गीत सङ्गीतले व्यक्ति,परिवार, समाज र राष्ट्रलाई सह मार्गमा डोर्‍याउनुका साथै चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सहसचिव सुवेदीले प्रतियोगितालाई निष्पक्ष र बस्तुनिष्ठ तुल्याउँदै सबैको सार्थक सहभागिता र अपनत्व हुने गरि काम  गर्नु पर्ने धारणा राखेका छन् ।

कार्यक्रममा रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)का कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाल नेपाली गीत सङ्गीतको जननी भएको भन्नुहुँदै गीत सङ्गीतको संरक्षण,सम्बद्र्धन र प्रवद्र्धनमा रेडियो नेपालको योगदान उल्लेख्य रहेको बताएका छन् ।

कार्यकारी निर्देशक केसीले रेडियो नेपालले बहुलताको सम्बोधन गर्दै सबै भाषा,संस्कृति, धर्म, जात, पेशा, लिङ्ग, क्षेत्र र सम्प्रदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख रमेश पौडेलले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्