News Portal

वरिष्ठ गीतकार रमेश बिजीले गरे विवाह

फरकपोस्ट संवाददाताजेठ १८ काठमाण्डाैं
२३४० पटक
जेठ १८ काठमाण्डाैं

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष एवं वरिष्ठ गीतकार रमेश बिजी वैवाहिक जीवनमा बाँधिएका छन्। १२ बर्षदेखी अष्ट्रेलियाको मेलवर्न बस्दै आएकी प्रेमिका शर्मिला श्रेष्ठसँग उनले लगनगाँठो कसेकाे सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।

बिहे लगत्तै उनि अष्ट्रेलिया जाने तयारीमा रहेकाे बताइएकाे छ । उनी अब अष्ट्रेलियामा स्थायी बसोबासकै लागि जान लागेको हुन् या हाेइन याे भने अझै हेर्न बाँकी छ । शर्मिला श्रेष्ठ हाल अष्ट्रेलियन नागरिक हुन् । उनीहरुको प्रेमसम्बन्ध वि.सं. २०५५ सालदेखि थियो। श्रेष्ठ र बिजी दुवैजना स्यांग्जा जिल्लाका हुन् ।

रमेश बिजी भनेपछि विशेषगरी लाेकदाेहाेरी क्षेत्रकाे हस्तीका रुपमा नेपाली लाेकदाेहाेरी प्रेमी दर्शक श्राेताले चिन्ने गर्छन् । विगत २ दशक लामाे समयदेखि निरन्तर नेपाली लाेकदाेहाेरी गीत संगीत लेखनमा लागेका बिजीका थुप्रै कालजयी एवं सर्वप्रिय सृजनाहरु रहेकाे छन् ।  निकै लामाे समयदेखिकाे प्रेम सम्बन्धलाई बिजी र श्रेष्ठले वैवाहिक जीवनमा परिणत गरेका हुन । हाम्राे तर्फबाट पनि सफल दाम्पत्य जीवनकाे शुभकामना सहित बधाई ।

प्रतिकृया दिनुहोस्