लोक तथा दोहोरी गायिका टिका पुनको “टिका पुन एकल सांगीतिक साँझ” भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम २०७९ माघ २१ गते शनीबारका दिन काठमाडौं स्थित प्रज्ञा प्रतिष्ठानको सभा हलमा सम्पन्न भएको हो ।
कार्यक्रममा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षता रहेको थियो भने उपराष्ट्रपती नन्द पुन पासाङको प्रमुख आतिथ्यता रहेको थियो । “टिका पुन एकल सांगीतिक साँझ” बरिष्ठ गायक नारायण रायमाझी, बरिष्ठ गायक प्रेमराजा महत, नन्द कृष्ण जोशी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, बरिष्ठ लोक गायिका शर्मीला गुरुङ, बरिष्ठ लोक गायिका शिला आले लगायत अन्य थुप्रै कलाकारहरु र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको समय अवधिभर दर्शकको उपस्थितले हल भरिभराउ रहेको थियो ।
कार्यक्रममा लोकप्रिय गायिका टिका संगै बरिस्ठ गायक सर्जक र नारायाण रायमाझी, बरिस्ठ गायक खड्ग गर्बुजा, बरिस्ठ बिबि अनुरागी, बरिस्ठ गायक मिलन लामा, लोक स्वर सम्राट राजु परियार, लोकप्रिय गायक रामजी खाण,गायक सर्जक किरणबाबु पुन लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । साथै सहयोगी कलाकारहरुको रुपमा स्मृती शाही, करिश्मा घर्ती मगर, शिब संगीत, धनराज चुनारा, खगेन्द्र बिक, सन्तु थापा, करिश्मा बिसी, प्रकाश रसाईली भाबुक, करुणा गन्धर्व लगायत अन्यले साथ दिएका थिए ।
“टिका पुन सांगीतिक साँझ”को दर्पण संगीतालयले आयोजना गरेको हो भने सत्यवती कला केन्द्रले सहकार्य रहेको थियोे । सुर्खेतमा जन्मिएकी बहुप्रतिभाशाली गायिका टिका पुनको कर्म घर दाङ हो । हालः उनले काठमाडौंलाई कर्मथलो बनाएकी छिन् । उनी बिभिन्न संघ संस्थाहरुमा पनी आबद्ध छिन् । टिका पुन दर्पण संगीतालयको कार्यक्रम सञ्चालिका समेत हुन् । साथै उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको निवर्तमान सह – कोषाध्यक्ष समेत हुन् ।
टिका पुनले सबै प्रकारका गीत गाउन सक्छिन् । केही समय अघी उनले राजु परियार सँग गाएको कती राम्रो दमाईको छोरो नामक लाईभ दोहोरीले अत्याधिक चर्चा कमाउन सफल भएको थियो । उनै लोकप्रिय गायिका टिका पुनले स्वर दिएका गीतहरु लालुपाते फुल छैन रुख मात्रै, सलल बगेको भेरी नदी, क्षितिज पारी उनको बस्तीमा, म पुजा गर्छु मायाको, ए बि सि डि, समाजको बन्धन, छोरी पाए, यो मार्मिक सन्देश, जुन पनी दाग छ, तिम्रो दर्शन पाईन, पोखरा फेवाताल घुम्नलाई, म त जुनी जुनी लगायत थुप्रै गीतहरुले चर्चा बटुल्न सफल भएका थिए । टिका पुनले ६ हजार भन्दा बढी गीतहरुमा स्वर दिईसकेकी छिन् । सानै छँदा गायनमा रुची राख्ने टिका पुनले बिगत २३ बर्ष देखी सांगीतिक क्षेत्रमा कर्म गर्दै आईरहेकी छिन् ।
टिका पुन भन्छिन् “यस्तो भब्य रुपले सम्पन्न होला भन्ने त मैले सोचेको पनि थिईन । सबैले साथ दिएर यो कार्यक्रम सफल भएको हो । धेरैले आर्थिक नैतिक भौतिक रुपमा सहयोग गरिदिनु भयो । साथै केही ब्यक्तिहरु सुरुवात देखी खटिएर साथ दिनुभयो उहाँहरु प्रति आभारी छु । धेरै मिडियाहरुले सुरुवात देखी साथ दिनु भयो । उहाँहरु प्रती पनि आभारी छु । बुढेसकालमा एकल साँझ गरेर महत्व नहोला । गाउन नसकिएला भनेर अहिले सक्ने अवस्थामा साँगीतिक साँझ गरेकी हुँ । सबै गीत गाउन सकिन । यस प्रती सर्जक तथा गायकहरु प्रति क्षमाप्रार्थी छु । “टिका पुन सांगीतिक साँझ” मा साथ दिनुहुने बाध्यबाधकहरुलाई बिशेष धन्यबाद दिन चाहन्छु । “टिका पुन सांगीतिक साँझ” को अर्काे भाग १० बर्ष पछि फेरी आयोजना गर्ने सोच बनाएकी छु । मलाई साथ सपोर्ट गर्नेहरु सबैलाई नमन प्रकट गर्दछु ।”