News Portal

कमल बिसीको सृजनामा प्रमोद खरेलको आवाज ‘दही दिन्छौं कि मोही’

फरकपोस्ट संवाददाताअसार १७ काठमाडौं
३६३ पटक
असार १७ काठमाडौं

चर्चित गायक प्रमोद खरेल र कविता शिवाकोटीको आवाजमा नयाँ गीत ‘दही दिन्छौं कि मोही’ सार्वजनिक भएको छ ।

कमल बिसी ‘माल्दाइ’ को शब्द तथा संगीत सृजना रहेको यस गीतको एरेन्ज मिक्सिङ्ग मास्टरिङ्ग श्यामश्वेत रसाइलीले गरेका हुन  ।  गोविन्द अनेक र कमल थापाले रेकर्ड गरेको गरेको गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो ।

माया प्रेमको ठट्यौली विषय राखिएको यस गीत नाचुम नाचुम लाग्ने बनेको छ ।

म्युजिक भिडियोमा चक्र बम, कमल बिसी, स्मारिका ढकालको अभिनय एवं नृत्य रहेको छ । जेरी भण्डारीको निर्देशन,  राम केसीको छायांकन, सुजन कोइरालाको सम्पादनमा म्युजिक भिडियो तयार पारिएको हो ।

गीत कमल बिसी ‘माल्दाइ’ युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

प्रतिकृया दिनुहोस्