News Portal

पशुपति शर्मा र सम्झना भण्डारीको तीज गीत “हैनर माया” सार्वजनिक

फरकपोस्ट संवाददाताकाठमाडौं
६४३ पटक
काठमाडौं

तीज गित भनेपछि अग्रस्थानमा नाम आउने गायक हुन पशुपति शर्मा, वर्षेनी धेरै तीज गीत सृजना गर्न र सफलता पनि पाउने गीतमा गायक शर्माका पर्दछन।

यसपालि पनि गायक शर्माले लोकप्रिय गायिका सम्झना भण्डारी संगको सहकार्यमा नयाँ तीज गीत “हैनर माया” लिएर आएका छन गीत सार्वजनिक भएको केही दिनमै दर्शक श्रोताले निकै रुचाएका पनि छन् ।

गायिका सम्झना भण्डारीले अधिकांश गीतमा पशुपति शर्मा संग सहकार्य गर्न गरेकी छिन भने गीतहरू चर्चित पनि बनेका छन ।
शर्मा र भण्डारीको स्वरमा रहेका तीज गीत “बत्ती बाल्न पर्दैन” “स्याङ्जा जाने बाटैमा तनहुँ लगायत थुप्रै गीतहरू बजारमा लोकप्रिय छन् ।

हैनर माया गीतमा पनि पशुपति शर्माकै लय शब्द रहेको छ भने स्वरमा सम्झना भण्डारीले साथ दिएकी छिन, म्युजिक भिडियोमा पशुपति र सम्झनालाई देख्न सकिन्छ, भिडियोको निर्देशन दुर्गा पाैडेलले गरेका छन ।

गीतले थप सफलता प्राप्त गरोस् हाम्रो तर्फबाट शुभकामना ।
भिडियो

प्रतिकृया दिनुहोस्