News Portal

हेमन्त कान्छा र अमृताको स्वरमा माैलिक सालैजो गीत ‘चिमखोले डोको’ सार्वजनिक

फरकपोस्ट संवाददाताअसार १७ काठमाडौं
१२७० पटक
असार १७ काठमाडौं

गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाइली र अमृता नेपालीको स्वरमा मौलिक सालैजो गीत ‘चिमखोले डोको’ सार्वजनिक भएको छ ।

गीतकार राजकुमार बगरको माैलिक शब्द सृजना रहेको गीतको संगीत सृजना गायक हेमन्तकै रहेको छ ।

हेमन्त कान्छाको एरेन्ज श्यामश्वेत रसाइलीको मिक्सिङ्ग रहेको रहेको छ ।

गीतकारले शब्द मार्फत माया प्रेमको विषयलाई उठान गरेका छन् ।

गीतको म्युजिक भिडियोलाई पनि हेमन्त कान्छाले नै निर्देशन गरेका हुन् भने सरिस्मा मगर, विजय पुन, हेमन्त कान्छा रसाइली र अस्मिता रन्पालको अभिनय देख्न सकिन्छ ।

गीतमा प्रयोग भएको शब्द ‘चिमखोले डोको’ म्याग्दीको रघुगंगा चिमखोलाको प्रख्यात डोको हो । त्यहाँको डोको सहरी क्षेत्र हुँदै प्रवाससम्म उपहारको रूपमा समेत लैजाने चलन रहेको छ ।

प्रतिकृया दिनुहोस्