News Portal

एउटा जिन्दगीको कथा

रोशन कुमार ओली कविता
७५० पटक
कविता

छुद्र जिन्दगी हाँक्नु
क्रान्ति गर्नुजत्तिकै हो रहेछ
यति दुबिधा मस्तिष्कमा
स्वीकृति चलिरहेको छ

बा ! भन्नुहुन्छ कमाएर
सहर किन ! छोरो
खाँडी गएर रुपैयाँ कुम्ल्याएर ल
सहरमा सम्पत्ति जोड्नु पर्छ

मनुष्यले भरिएको
सहर नि खै कस्तो लाचारी ?

मगजले के -के सोच्छ
हृदय भन्छ प्रदेशको दौलत
दिल भन्छ घर देशमै बस् र

बारीमा पुगेर
रोईरहेका मट्टीहरु
बहालमा ले
पराइको भूमिमा खन्याउने
पौरख ,श्रम ,सिपहरु
यताउति पोखिदे ।

हेर्छु आफ्नै जन्मभूमिमा
खै के -फुल्दैन र यहाँ ?
सुन, हीरा, मोती बहुमूल्य धातु फल्छ
दश नङ्ग्रा खियाउँने सुन्दर ठाउँ छ

बाँझो पाटो छ
चोखो पानी छ
बिहान, बेलुका आफ्नै माटो सिच्छु
साग, सब्जी, अन्न बेचेर
बेसरी रुप्पे कमाउँछु

गाउँमै झुपडीको महल ठड्याएर
घाम र पानी ओत्ने
खरले छुवाएको
रङ्गाएर सहर बिर्सिने
बालाई अनुभूत गराउँछु

गुलामी बनेर होइन
स्वतस्फुर्त सङ्कल्प बोकेर
जाँगर भरेर दौडिरहन्छु
म नि सम्पन्नताको
एउटा जिन्दगी बाँच्न
सुनौला अक्षरले भाग्यमा नाम कोर्छु

बालाई भनि दिन्छु
म खाँडीमा जान्न बा भनेर

मेरै देशमा
बाँझो मारेर मिहिनेत फलाउन
कृषि क्रान्ति र कर्म गर्न
म तरुनो तयार भईसके

सुन्दर समृद्ध र समुन्नत नेपाल
मेरो एउटै अभियान हुने छ ।

प्रतिकृया दिनुहोस्