News Portal

विष्णु माझीको “चरी जेलैमा” ले १३ दिनमै करोड क्लबको रेकर्ड बनायो

फरकपोस्ट संवाददाताभदौ १६ काठमाडौं
६०५ पटक
भदौ १६ काठमाडौं

सायद कोही गायक कलाकार छैनन्, जो आफुलाई दर्शक वा मिडियाको पहुँचमा ल्याउन चादैनन् । तर लोक गायिका बिष्णु माझी यस्ती गायिका हुन जो दर्शक, शुभचिन्तक वा मिडियाका अगाडि आफूलाई राख्न चाहान्दैनन् अझ अर्को रोचक कुरा त रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्दा समेत आफ्नो अनुहार कसैलाई देखाउदैनन गाउदा कित बत्ती बन्द हुनुपर्छ या त काचमा पर्दा लगाउनुपर्छ अनि मात्र उनले गीत गाउने गर्छिन् ।
बर्षौदेखि अहिलेसम्म विष्णु माझीको नयाँ तस्वीर सार्वजनिक भएको छैन गीतको पोस्टरहरुमा उनको एउटै वर्षाैअघि खिचिएको तस्विर प्रयोग भैरहेको छ । रहस्यमय तरिकाले आफ्नो जीवनशैली बिताइरहेकी उनको यथार्थ अहिले सम्म पनि बाहिरिएको छैन । माझी सार्वजनिक नभएपनि उनलाई हेर्न र देख्न चाहाने शुभचिन्तकहरुको कुनै कमि छैन । माझीलाई पछ्याउने फ्यान अन्य सेलिब्रेटिको दाजोमा निकै धेरै रहेको अनुमान उनी प्रति दर्शक श्रोताले दर्शाएको मायाले पुष्टि गरिसकेको छ । जसको पछिल्लो उदाहारण हो ‘चरी जेलैमा’ नामक माैलिक तीज गीत ।

यतिबेला उनले गाएको यो गीत सर्वाधिक चर्चामा रहेको छ छोटो समयमा लोकप्रियता हासिल त गर्याे नै यता गीत सार्वजनिक भएको १३ औं दिनमा नै गीतले एक करोड भ्युज पाइसकेको छ । यति छोटो अवधिमा करोड क्लबमा पुग्ने गीतको रेकर्ड ‘चरी जेलैमा’ ले कायम गरेको छ । भिडियोले युट्युबमा सार्वजनिक भएको २४ घन्टाभित्रै १० लाख बढी भ्युज पाएको थियो भने यो समाचार तयार गर्दैगर्दा भिडियोले १ करोड १२ लाख ७६ हजार बढि भ्युज पाएको छ । विष्णु माझीको आवाज रहेको यस गीतको सृजना सर्जक सुन्दराणी अधिकारीले गरेका हुन । हेर्नुस भिडियो :

प्रतिकृया दिनुहोस्