News Portal

हे आमा तिम्रो छोरो प्रदेशमै मोरो ! पुस्कल शर्माले फेरि रुवाए सबैलाई

गोविन्द अनेक असोज २ काठमाडौं
२०१४ पटक
असोज २ काठमाडौं

्दशैको माहोल नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा दशै तिहार विशेष गीतहरु सार्वजनिक भइरहेका छन । हिन्दु नेपालीहरुको महान पर्व दशै, तिहारमा नेपाली समाजको वास्तविकता झल्किने कथा व्यथामा तयार पारिएका वियोगान्त संगै रोमान्टिक गीतहरू बजारमा छ्यापछ्याप्ती भित्रिरहेका छन ।

यसै सन्दर्भमा लोकप्रिय गायक पुस्कल शर्माको “दाजुभाइ” नामक मर्मस्पर्शी नयाँ दशैं गीत शुक्रबार सार्वजनिक भएको छ । मन्दिर म्युजिक प्रा.लि.को प्रस्तुतिमा आएको गीतमा स्वर पुस्कल शर्मा र कुशल बेलबासेको रहेको छ भने शब्द संगीत पुस्कल शर्माले सृजना गरेका हुन ।

गीतमा नेपाली समाजको वास्तविकता झल्काउने प्रयत्न गरिएको देख्न सकिन्छ । रोजगारीको सिलसिलामा विदेशिएका नेपालीहरुको कथा बोलेको यस गीत अत्यन्तै मर्मस्पर्शी बनेको गीतको श्रव्य दृश्य सामाग्रीमा सुन्न र देख्न सकिन्छ ।

हे आमा बाचे फिराैला ! तिम्रो दुधको भारा तिराैला
हे आमा तिम्रो छोरो
प्रदेशमा मोरो !

म्युजिक भिडियोको निर्देशन स्वंम आफैं पुस्कलले गरेका छन । म्युजिक भिडियोमा पुस्कल शर्मा, अन्जली अधिकारी, सुरज घिमिरे, हिऊबाला गौतम लगायत कलाकारहरुले जीवन्त अभिनय प्रस्तुत गरेका छन । म्युजिक भिडियोलाई सुरेश श्रेष्ठको छांयाकन एवम् दिपक विष्टको सम्पादन गरेका छन ।

उक्त गितको म्युजिक भिडियो पुस्कल शर्माको अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।                                  भिडियो

प्रतिकृया दिनुहोस्