News Portal

एकै हप्तामा कुलेन्द्र विश्‍वकर्माका तीन गीत सार्वजनिक ! दर्शककाे माया बटुल्दै

फरकपोस्ट संवाददाताअसाेज ११ काठमाण्डाैं
१२५३ पटक
असाेज ११ काठमाण्डाैं

लाेकप्रिय गायक कुलेन्द्र विश्‍वकर्मा नेपाली लाेक तथा दाेहाेरी गीत संगीतका चम्किला नत्र हुन । उनकाे नेपाली लाेक गीत संगीतलाइ हराभरा बनाइराख्न महत्वपूर्ण भूमिका निर्वाह रहेकाे कुरा सबैसामु घाम झै छर्लङ्ग छ । कुलेन्द्र विश्‍वकर्मा गीत थाेरै गाउने तर राम्राे गाउने धाराणा राख्ने गायक हुन । यसकारण पनि हाेला उनले गाएका अधिकांश गीतहरु सबैमाझ प्रिय छन । काेराेना कहरले मेला महाेत्सवहरु पूर्णरुपमा ठप्प भएपछि प्राय गायक गायिकाहरु रेकर्डिङमा व्यस्त छन । याे समयमा कुलेन्द्र पनि आफूलाई रेकर्डिङमा अलि धेरै समय दिइरहेका छन भन्ने कुराकाे पुष्टी एकै हप्तामा तीनवटा उनकाे आवाजमा रहेकाे गीत सार्वजनिक हुनुले पनि गर्दछ ।

गायक कुलेन्द्र गायनमा मात्र हैन अभिनयमा पनि पाेख्त छन उनले गायका केही गीतमा उनकाे अभिनय समेत देख्न पाइन्छ । यी रिलिज भएका गीतमा उनकाे अभिनय पनि रहेकाे छ । जलजला पछेउरीकाे सलकाे चट्ट माया यी गीतहरु केही दिनकाे अन्तरमा सार्वजनिक भएका हुन गीतहरुकाे युटुबमा सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया हेर्दा सफलता उन्मुख रहेकाे मान्न सकिन्छ । गीतहरु सफल बनुन् हाम्राे तर्फबाट पनि शुभकामना ।

यी गीतका गायक कुलेन्द्र विश्‍वकर्मालाई लाेकप्रिय गायिकाहरु समिक्षा अधिकारी अस्मिता अधिकारी सुनिता बुढा क्षेत्रीले साथ दिएका छन । जलजला गीतकाे शब्द सृजना सर्वप्रिय गीतकार प्रल्हाद सुवेदीले गरेका हुन भने संगीत चर्चित संगीतकार बसन्त थापाकाे रहेकाे छ । त्यस्तै चट्ट मायालु गीतकाे शव्द सृजना भद्र पराजुली पास्काेटी र कल्पना लम्सालले गरेका हुन भने स‌गीत गाेविन्द भण्डारीकाे रहेकाे छ । त्यस्तै पछेउरीकि सलकाे गीतकाे शव्द सृजना गाेविन्द भट्टले गरेका हुन भने संगीत दिपक बसन्त कार्कीले भरेका छन ।

सम्बन्धित गीतका भिडियाेहरु

“जलजला”

“चट्ट माया”


“पछेउरीकी सलकाे”

प्रतिकृया दिनुहोस्