News Portal

आधा दर्जन बढी ख्यातिप्राप्त कलाकारको साथ विष्णु खत्रीको मौलिक देउसी भैलो – ‘शंकर ध्वनि’

फरकपोस्ट संवाददाताकार्तिक १२ प्यूठान
१११८ पटक
कार्तिक १२ प्यूठान

बहुचर्चित गायक एवम् सर्जक बिष्णु खत्रीको तिहार विशेष देउसी भैलो गीत ‘शंकर ध्वनि’ सार्वजनिक भएको छ ।नेपाली दोहोरी क्षेत्रका आधा दर्जन बढी ख्यातिप्राप्त कलाकारहरु संगको सहकार्यमा कलाकार खत्रीले देउसी भैलो गीत लिएर आएका हुन । यति धेरै लोकप्रिय कलाकारहरु एकै ठाउँमा प्रस्तुत हुदा गीतको उचाइ झनै चुलिएको छ ।

गीतमा बिष्णु खत्रीकै शब्द, संगीत रहेको छ । देउसी भैलो गीतमा स्वर लोक स्वर सम्राट राजु परियार, शर्मिला गुरुङ, विष्णु खत्री, बद्री पंगेनी, बिमल राज छेत्री, देवी घर्ती, टिका पुन र जुना श्रिषको रहेको छ ।

म्युजिक भिडियोमा गायनमा सहभागी सबै कलाकार सहित मोडल करिश्मा ढकाल, रामजी खाँड र लोमश शर्मा लगायत अन्य कलाकारहरको अभिनय रहेको छ ।

देउसी भैलो गीत बिष्णु खत्रिकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । काजिश श्रेष्ठको निर्देशन करण चैसिरको छायांकन दिपक बिष्टको सम्पादनमा म्युजिक भिडियो तयार पारिएको छ । गीतलाई हाम्रो तर्फबाट भब्य सफलताको शुभकामना ।
भिडियो हेरौ :

प्रतिकृया दिनुहोस्