News Portal

सामाजिक यथार्थ र माैलिकताकाे बिचबाट जन्मिएकाे गीत गाउँले जीवन

गाेविन्द अनेकपाैष १२ काठमाण्डाैं
२४१५ पटक
पाैष १२ काठमाण्डाैं

नेपाली समाजकाे यथार्थ र माैलिकता भित्र सजिएकाे गीत गाउँले जीवन सार्वजनिक भएकाे छ । लाेकप्रिय गायक एवं सर्जक विष्णु खत्रीकाे संगीत  गीतकार एवं गायक भिमसेन अर्यालकाे सामाजिक शब्द संयाेजन रहेकाे गीतमा स्वर गायिका सुनिता बुढा र भिम सेन अर्यालकाे रहेकाे छ ।

गीतले “गाउँले जीवन लेक र बेशी मलाई छाेडि नभइदेउ प्रदेशी” बरु देशमा तरकारी फलाउला, कुटाे काेदालाे चलाउला ,जीवन धानाैला, सुख दुख काटाैला भन्ने जस्ता शव्दभाव र सन्देश दिन खाेजेकाे छ ।
गीतमा संयाेजन गरिएका शब्दले नेपाली समाजकाे वास्तविकतालाई जुरुक्क उठाएकाे छ । माैलिकता र सन्देशमूलक गीतका पर्यावाचि गायक एवं सर्जक विष्णु खत्रीकाे मधुर संगीतले र भिमसेन अर्यालकाे समसायमिक विषयवस्तुमा तयार पारिएकाे शव्दहरुले गीतलाई माैलिकताकाे घुम्टाे अोढाएकाे छ ।

पछिल्लाे पुस्ताकि प्रिय गायिका सुनिता बुढा र नबाेदित गायक भिमसेन अर्यालकाे कर्णप्रिय आवाजले गीतलाई साच्चिकै जीवन दिएकाे छ । म्यूजिक भिडियाेमा साया भण्डारी र लाेम शर्माकाे जीवन्त अभिनयले गीतले भन्न खाेजेकाे र दिन खाेजेकाे सन्देश छर्लङ्ग देखाएकाे छ । म्यूजिक भिडियाेकाे निर्देशन पछिल्लाे समयका व्यस्त निर्देशक दिपिल रेग्मीले गरेका छन । राम केसीले छायांकन गरेका यस म्यूजिक भिडियाेकाे सम्पादन अमृत चाँपागाइले गरेका हुन ।
कृष्णा केसीकाे संगीत संयाेजन रहेकाे यस गीतकाे अडियाे रेकर्डिङ प्रिज्म डिजिटलमा गरिएकाे हाे भने मिक्सिङ ध्वनी सम्पादन वरिष्ठ ध्वनी सम्पादक श्याश्वेत रसाइलीले गरेका हुन । गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेस् हाम्राे तर्फबाट शिखर सफलताकाे शुभकामना सबैलाई ।
भिडियाे

प्रतिकृया दिनुहोस्