News Portal

सर्जक एवं गायक भगवान भण्डारीकाे झ्यालैना ऐना लाेकप्रिय बन्दै

गाेविन्द अनेक फागु १ काठमाण्डाैं
१२९१ पटक
फागु १ काठमाण्डाैं

लाेकले रुचाएका सर्जक एवं गायक भगवान भण्डारीकाे पछिल्लाे समय बजारमा आएकाे लाेक तथा दाेहाेरी गीत “झ्यालैमा ‌ऐना” लाेकप्रिय भन्दै गएकाे छ । गायक भगवानलाई नव गायिका लक्ष्मी खड्काले आवाजमा साथ दिएकी छिन । गीतमा शब्द संगीत भगवानकै रहेकाे छ । दर्जनाै सुपरहिट गीतले नेपाली लाेकदाेहाेरी गीत संगीत जगत हराभरा बनाइसकेका भण्डारीकाे यस गीत पनि अत्यन्तै माैलिक शैलीमा निर्माण भएकाे छ ।  शब्द संगीतमा  प्रयाेग गरिएका माैलिक र सरल शब्दले गीतलाई थप सुन्दर बनाएकाे छ । हुन त सर्जक एवं गायक भण्डारी माैलिकताकै पर्याय हुन । उनले सृजना गरेका गीतहरु कुनै पनि सृजना माैलिकता भन्दा पर छैनन् । भण्डारीका बनमा काँडा छ, खैरेनीमा गेट, फूलमा भमरा लगायत थुप्रै गीतहरुले अडियाे क्यासेटकाे समयमा बजार कब्जा गरेका थिए । पछिल्लाे समय आएकाे गीत झ्यालैमा ऐना काे संगीत संयाेजन तथा ध्वनी मिश्रण चर्चित साउण्ड ईन्जिनिएर श्यामश्‍वेत रसाइलीले गरेका हुन ।

प्रकाश भट्टकाे निर्देशन नवराज उप्रेतीकाे छायांकन विष्णु शर्माकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाेमा चर्चित माेडल सुधिर श्रेष्ठ संगै उषा उप्रेतीकाे नृत्य रहेकाे छ । गीत सर्जक एवं गायक भण्डारीकै अफिसिय युटुब च्यानल मार्फत सार्वजनिक गरिएकाे छ । गीतले सबैकाे मन जिताेस् हाम्राे तर्फवाट शिखर सफलताकाे शुभकामना ।

भिडियाे

प्रतिकृया दिनुहोस्