News Portal

प्रकाश सपुतको “पिर” लाई लिएर आवेगमा आइहाल्नु पर्दैन : प्रचण्ड

फरकपोस्ट संवाददाताफागुन ३० काठमाडौं
१५७१ पटक
फागुन ३० काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आइहाल्नु नपर्ने बताएका छन् ।

कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिदै प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो लागेको छैन उनले भने ।

‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ उनको भनाइ छ ।

कार्यक्रमको व्यस्तताले त्यो गीत आफूले पूरै हेर्न नपाएको र मिडियामा चर्चा सुनेको बताउँदै उनले भने, ‘त्यसको त्यति धेरै विरोध नगर्नु जस्तो आफूलाई नलागेको सञ्चारकर्मीलाई जानकारी गराए ।’

प्रकाश सपुतले सिर्जनात्मक ढंगले गीत बनाउने गरेको भन्दै प्रचण्डले प्रशंसासमेत गरे । उनले माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने गलत हुने बताए ।

‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ । त्यसका धेरै आयामहरु छन् । धेरै पक्ष छन्, धेरै मर्महरु रहेको प्रचण्डले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्