News Portal

कृष्ण गौतमले लिए पञ्चेवाजा गीत ‘मालिकामा टल्क्यो गजुर

फरकपोस्ट संवाददाता
९०८ पटक

मुसिकोट नगरपालिका वडा नं. ६ गुल्मीमा जन्मिएर वैदेशिर रोजगारीको शिलशिलामा जापानमा रहेका कृष्ण गौतमको ‘मालिकामा टल्क्यो गजुर’ बोलको पञ्चेवाजा गित गत शुक्रबार  सार्वजनिक गरिएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घामा जन्म भइ हाल वैदेशिक रोजगारी शिलशिलामा जापानमा रहनु भएका सर्जक कृष्ण गौतमको मालिकामा टल्क्यो गजुर नामक मौलिक पन्चेबाजाको गित  कृष्ण गाैतम युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

मालिकामा टल्क्यो गजुर मौलिक पन्चेबाजाको गितमा कृष्ण गाैतम र सुनिता बुढा क्षेत्रिको स्वर रहेको छ भने ओवी  रायमाझी, शोना घिमिरे, रामु गौतम र बर्षा गौतमको मुख्य अभिनय रहेको छ ।

उक्त गीतको म्युजिक भिडियाेमा मुसिकोट नगरपालिका भित्र रहेका बिभिन्न धार्मिक एवं पर्यटकिय स्थलहरुको दृश्य देखाइएकाे छ ।

मालिकामा टल्क्यो गजुर गीत निर्माणको लागि आवश्क सम्पूर्ण व्यवस्थापन कृष्ण गौतम र रामु गौतमको परिवारले गरेका छन ।

भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस  

प्रतिकृया दिनुहोस्