
पछिल्लो समय एकपछि अर्को सफल सृजना दर्शक श्रोता माझ पस्किरहेका लोकप्रिय युवा गायक सर्जक
महेश काफ्लेको नयाँ गीत ‘बर्को बेरेर’ सार्वजनिक भएको छ।
गीतमा महेशले शब्द तथा संगीत सृजना गरेका हुन भने रचना रिमालले एकल आवाज दिएकी छिन् । गीत महेशले शनिवार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको गरेका हुन ।
प्रेम सम्बन्धमा गरिने गुनासो र शंकालाई मूल विषयवस्तु बनाएर महेशले यो गीतको शब्द तयार पारेका छन् ।
सरल र प्रेमिल शब्दले एवम् संगीतले सुसज्जित गीत बर्को बेरेर विशेषगरी प्रेम जोडी लक्ष्यित छ ।
गीतको दीक्षित पौडेलले संगीत संयोजन गरेका छन् भने मिक्सिङ मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।
गीतमा रत्न बिकले बाँसुरी र मनिष गन्धर्वले सारङ्गी बजाएका छन् ।
सुबोल थापाले निर्देशन गरेक भिडियोमा दिया श्रेष्ठको मुख्य भूमिका रहेको छ साथै दीपक कोइराला र गीतकार महेशको पनि अभिनय देख्न सकिन्छ ।
एभरेस्ट फिल्म एकेडेमीको प्रस्तुती रहेको गीतको भिडियो छायांकन विकास सिटौलाले गरेका हुन् । सम्पादन सुनील शिवभक्तिको हो। महेशका ‘नाच फिरिरी’ ‘माया बिरानी’ ‘लज्जावती झार’ ‘तातो गोली ‘ लगायतका गीत सर्वाधिक चर्चित छन् । यस गीतले पनि सबैको मन जितोस् शुभकामना ।
भिडियो :