News Portal

प्रतिमा विश्‍वकर्माले ल्याइन ‘तीजकाे रमाइलाे मेला’

फरकपोस्ट संवाददाता
१२६५ पटक

मीठाे आवाजकी धनी गायिका प्रतिमा विश्‍वकर्माकाे र प्रकाश थापाकाे आवाजमा तीज गीत ‘तीजकाे रमाइलाे मेला’ सार्वजनिक भएकाे छ । गीतमा शब्द संगीत पदम ल्वागुनले सृजना गरेका छन । विश्‍वास नेपालकाे संगीत संयाेजन श्यामश्‍वेत रसाइलीले मिक्सिङ्ग मास्टरिङ्ग गरेकाे यस गीतकाे रेकर्डिङ प्रिज्म स्टुडियाेमा गरिएकाे भने रेकर्ड कमल थापा र गाेविन्द अनेकले गरेका हुन ।

सुमन थापाकाे निर्देशन, सन्ताेष बस्यालकाे छायांकन र नवीन घर्तीमगरकाे सम्पादन रहेकाे यस म्युजिक भिडियाेमा सुमन थापा मगर, देव मगर, सरिसा दर्लामी मगर पूजा र आले मगरकाे अभिनय एवं नृत्य रहकेाे छ । तीजका विषयलाई माया प्रितीकाे रुपम दिएर सर्जकले शब्द सृजना गरेका छन । गीतले सबैकाे मन जिताेस् हाम्राे तर्फबाट पनि शुभकामना ।

भिडियाे :

प्रतिकृया दिनुहोस्