
बहुचर्चित लाेक तथा दाेहाेरी गायिका शान्ती श्री परियारकाे आफ्नै प्रस्तुतीमा रहेकाे तीज विशेष गीत माझी दाइ लिएर आएकी छिन् । शान्ती श्री लाेकप्रिय व्यवसायिक गायिका भएकाले पनि यसपालि तीजमा उनले ४ दर्जन भन्दा धेरै तीज गीतहरू आवाज दिएकी छन । उनले आवाज दिएका अधिकांश गीतहरु चर्चामा समेत रहेका छन ।
हरेक वर्ष तीजमा गायिका शान्ती श्री ले दर्शक स्रोताको लागि तीज विशेष गीत लिएर आउने गर्छिन् । खेम सेञ्चुरी, नेत्र अर्याल र श्यामश्वेत रसाइली सँगकाे सहकार्यमा उनले यस गीत निमार्ण गरेर दर्शक श्राेतासामू पस्किएकी हुन् ।
गीतमा गीतकारले भर्भराउदी यूवतीकाे मनकाे भावनालाई गीत मार्फत प्रस्तुत गरिदिएका छन् । गीतमा उनकाे एकल आवाज रहेको छ । गीतमा शब्द नेत्र अर्याल संगीत खेम सेञ्चुरीकाे रहेकाे छ । श्यामश्वेत रसाइलीकाे एरेन्ज तथा मिक्सिङ मास्टरिङ्ग रहेकाे यस गीतकाे रेकर्डिङ कमल थालाे गरेका हुन । चर्चित निर्देशक शिव विकले गीतको कलात्मक भिडियो बनाएका छन भने गीतमा खेम सेन्चुरी र गीता ढुङ्गाले अभिनय गरेका छन । गीतलाई गायिका शान्ती श्री परियारले आफ्नै अफिसियल युटूब च्यानल मार्फत हिजाे मात्र सार्वजनिक गरेकी हुन । गीत सार्वजनिक भएपछि अधिकांशकाे राम्रो प्रतिक्रियाहरू आइरहेको गायिकाले बताएकी छिन् ।
भिडियाे :