News Portal

कविता : तक्दिर

रोशन वली
६३७ पटक

राेशन वली

घुम्तीको साँघुरो भट्टी पसलमा
नाना तर्कना बोकेर
घरपाला झोल पिउँछ ऊ
पिपल बोटे माइलो ।

पर्खिनु पर्दैन पिउन शनिबार
पिएर उसैको मद्दतले
आफ्नो धेरथोर दुख सुनाउँ छ ऊ ।

श्राप्छ आफैंलाई खराब हुनुमा

जिन्दगीका तिक्तताहरु
गीतबाट सुसेल्छ र भन्छ –
तक्दिर छोटो
पिपल बोटे माइलो हो ऊ ।

जो आफ्नै वैँस जस्तो लर्कि रहयो
पुनसको कमाई
खहरे हुँदै झरि रहयो
बगरमा छासमिस भयो

भेटाउन सकेन उसैले समय
दौडि रहयो हावामा चञ्चल बनेर
छोदिनँ विधिले
बाउले नि संसार छोडेर गए

उही विरासत सम्हालेको छ ऊ

भोगि रहेछ ऊ नि उस्तै ।

बाछिटामै पोख्न्छि थोत्रो कथा
उसैलाई सुनि रहेछन्
पढि रहेछन् भोगाइका मौजुदमा यूवा
के सोचे साेचेथेँ जिन्दगीमा – गीतको शब्द बुन्यो
हिउँद लागे सम्माउँछ पहिरो
वर्षाले ढिस्को भत्काइ दिन्छ ।

लैजान्छ सपनाहरु उडाएर
ताल चरीले बसाइ सर्ने समुन्दतिर
मुटुको गाँठो फुट्छ
झर्छन् झरी बनेर आँसु

गीतले ताल ,लय लिन्छ ।

कत्रो भोकमरी, महङगो ओसाबेसा
नबल्ने चुलो , सित्तैमा नपाइने ओखती

कयौं हिँउदहरु , वर्षातहरु गुजार्यो
तिमीलाई नि
फरक पाउन मुस्किल छ ।

 

नाम : रोशन वली
हाल : दाङ, घोराही
ठेगाना : राल्पा ४राङ्सी
फोन न ९८६१२९५२००
इमेल [email protected] & [email protected]

प्रतिकृया दिनुहोस्