News Portal

समसामयिक तीज गीत ‘भाउ बढ्यो’ सार्वजनिक

फरकपोस्ट संवाददातासाउन २३ काठमाण्डाैं
१२२६ पटक
साउन २३ काठमाण्डाैं

जनजिविकाकाे सवाललाई बलियाे गरी उठाएकाे समसामयिक तीज गीत ‘भाउ बढ्यो’ सार्वजनिक भएकाे छ । गीतमा पछिल्लाे पुस्ताका प्रिय गायक अर्जुन सापकोटा र चर्चित निर्देशक समेत रहेकी स्मृति तिमिल्सिना ‘गुरुआमा’को स्वर रहेको छ । गीतकाे म्युजिक भिडियाे आइतवार राति गायक सापकाेटाकाे अफिसियल युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । सञ्चार कर्ममा समेत सक्रिय रहेका सुमन ढकालकाे  शब्द अनि गायक सापकोटाकै संगीत एवं हुकलाइन रहेको गीतलाई विश्वास नेपालले एरेन्ज गरेका हुन् ।

गीतले दैनिक रुपमा जनताकाे ढाड सेकिने गरी भइरहेको मूल्यवृद्धिकाे विषयवस्तुलाई बलियाे रुपमा उठाएकाे  छ । स्मृतिकै निर्देशनमा तयार भिडियोमा उनी स्वयंसँगै अर्जुन सापकोटा र सुमन ढकालले अभिनय गरेका छन । दिदी–भाइको भूमिकामा प्रस्तुत स्मृति र अर्जुनले डिजेल, पेट्रोललगायत विभिन्न क्षेत्रमा भएको मूल्यवृद्धिले पारेको प्रभावका विषयमा आ–आफ्नो पीडा पाेखेका  छन् ।

सुुरेश श्रेष्ठको छायाँकन रहेको भिडियो प्रकाश धमलाको सम्पादन गरेका हुन् ।  ‘

भिडियाे

 

प्रतिकृया दिनुहोस्