News Portal

“उइले उइलेको तीजकाे” भाग २ लिएर आइन् ७८ वर्षीय आमा पवित्रा रसाइली

फरकपोस्ट संवाददातासाउन २३ काठमाण्डाैं
१५३१ पटक
साउन २३ काठमाण्डाैं

नेपाली हिन्दु नारीहरुको महान पर्व तीज नजिक नजिक आउदै गर्दा सांगीतिक बजार यतिबेला तीजका गीतले तातिएका छन । विभिन्न चर्चित चर्चित कलाकारहरुले तीज संग सम्बन्धित गीतहरु बजारमा ल्याउने क्रम पनि जारी नै छ तर सरसर्ती हेर्दा पछिल्लो समय तीज गीतको नाममा रत्यौली गीत र संस्कृति भाड्ने खालका गीतहरु आएका छन कतिपय गतिहरु त एकदमै विवादित पनि भइरहेका छन यसको मुख्य कारण हो तीज गीतमा प्रयोग गरिएका अश्लिल शव्द एवम् दृश्यहरु ।

तीज गीत भनिएको छ तर सबै परिवार बसेर सुन्न मिल्ने हेर्न मिल्ने खाल छैनन् । तीजका गीत भनेको त चेलीबेटीको पिर, व्याथा रोदन बोल्ने हुनुपर्छ र पो संस्कृतिको जर्गेना हुने हो तर त्यस्तो हैन त्यसको ठिक विपरित धुर्वमा गइरहेको छ पछिल्लो पुस्ताको तीज गीत । यसो भन्दै गर्दा सबैको गीत नराम्रा पनि हैन धेरै कलाकारहरुका तीज गीत जो तीज गीत भन्न लायक र सुन्न लायक नि छन यस्ता गीत सृजना गर्ने गाउने कलाकार सष्ट्रा सर्जकलाई हामीले धन्यवाद दिनैपर्छ ।

यसै सन्दर्भमा हामीले चर्चा गर्दै छाैं संगीतकार बिबि अनुरागीका ७७ वर्षीय आमा पवित्रा रसाइलीको आवाजमा वर्षाे पहिले गाइने तीज गीत “उइले उइलेको तीज” भाग २  नामक मौलिक तीज गीतको । यसपालिको तीजलाई मध्यनजर गर्दै गत वर्ष सर्वाधिक चर्चामा रहेकाे माैलिक तीज गीत “उइले उइलेको तीज” काे बाँकी अंश समावेश गरेर संगीतकार बिबि अनुरागीले आफ्नाे अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन । म्युजिक भिडियाेकाे छायांकन रेकर्डिङ स्टुडियाे भित्रै गरिएकाे छ । भिडियाेमा पवित्रा रसाइली संगै उत्साह घिमिरे शिक्षा रसाइली लगायतका दर्जन भन्दा बढी कलाकारहरुले अभिनय गरेका छन् ।

बिबि अनुरागीले आमाकाे लागि असाध्यै माैलिक, मर्मस्पर्शी, रमाइला र सन्देशमूलक शब्दहरु भरेर गीत तयार पारेका छन । गीत अत्यन्तै मार्मिक, मौलिक, सांस्कृति र सन्देशमूलक रहेको गीतको श्रव्य दृश्य सामाग्रीमा सुन्न र देख्न सकिन्छ । गीतले उईले उईलेका छर्लङ्ग पारेकाे छ । छाेरी बुहारीहरुले भाग्नुपर्ने दुख पीडा र  दर्दका कुराहरु लाई टपक्क टिपेर अनुरागीले गीतकाे शब्द बनाएका छन् ।  उबेलाका समयमा चेलीबेटीहरुले गर्ने गरेका दैनिकीका कुरा, भाेगेका भाेगाई लगायतका तमाम पुराना, रोचक र सन्देशमूलक कुराहरू गीतमा प्रशस्तै प्रयाेग भएका छन ।

७८ वर्षकाे उमेरमा पनि यति मीठाे गीत गाउन सक्ने आमालाई हामीले  हाम्राे तर्फबाट धेरै सम्मान र धेरै शुभकामना व्यक्त गर्दछाैं । आमाकाे याे उमेरकाे प्रतिभा, जागर र उर्जाकाे सम्मान स्वरुप सबैले यस गीत हेरेर प्रतिक्रिया दिनुहाेला ।

भिडियो :

 

प्रतिकृया दिनुहोस्