News Portal

शर्मिला गुरुङ्गको सामाजिक कथामा आधारित तीज गीत ‘रानी’

फरकपोस्ट संवाददातासाउन २७ काठमाडौं
२३७ पटक
साउन २७ काठमाडौं

नेपाली हिन्दु नारीहरुको विशेष पर्व हरितालिका तीज लगभग दैलोमा आइपुगिसक्यो भन्दा हुन्छ । तीज नजिकिँदै जादा तीज लक्ष्यित गीतहरूले नेपाली संगीत बजार नै तीजमय भएका छन । कलाकारहरुले विशेषत महिला सर्जक एवं गायिकाहरुले तीज गीत मार्फत चेलीका पिर व्यथाहरु उनेर व्यक्त गर्ने गर्दछन् ।

तीज भनेपछि हामी सबैकाे ध्यान तानिन्छ किनकी  हिन्दु नारीहरुकाे विशेष पर्वका रुपमा परापूर्वक काल देखि नै  स्थापित भई आएकाे छ । त्यति मात्रै  हाेइन तीज त हाम्राे माैलिक परम्परा र संस्कृती पनि  हाे ।  यसअर्थ पनि हामीले यसलाई जाेगाइराख्नुपर्ने हामीमा जिम्मेवारी पनि रहेकाे छ । अब लागाैं वरिष्ठ गायिका शर्मिला गुरुङ्गकाे तीज गीतकाे थाेरै चर्चा तिर ।

गायिका शर्मिला गुरुङ्ग नेपाली लाेकदाेहाेरी गीत संगीत जगतमा  वरिष्ठ गायिकाकाे रुपमा दर्ज भइसकेकी छिन् । सयाैं लाेकप्रिय एवं सदाबहार गीतमा आफ्नाे आवाज भरिसकेकी गायिका शर्मिला गुरुङ्ग अझै पनि निरन्तर नेपाली लाेकदाेहाेरी गीत संगीतमा उत्तिकै सक्रिय छिन् ।

जब तीज नजिकै आउछ तब गायिका शर्मिलाले तीज विशेष वास्तविक माैलिक गीत लिएर आउने गर्छिन् ।  हरेक वर्ष तीज मर्म र संस्कृतीकाे जगेर्ना गर्दै सृजना भएर आउने शर्मिलाका गीतमा वास्तविक तीज झल्किन्छन् । यस वर्ष पनि शर्मिला गुरुङ्गले ‘रानी’ नामक तीज गीत लिएर आएकी छिन् । आफ्नाे एकल आवाज एवं लयमा उनले गीत बजारमा लिएका हुन्  ।

गीतमा शब्द रेम गुरुङ्गले सृजना गरेका हुन् । बिबि अनुरागीकाे संगीत संयाेजन, श्याश्‍वेत रसाइलीकाे‍ मिक्सिङ्ग, कमल थापाकाे रेकर्डिङमा तयार भएकाे यस गीतकाे अडियाे रेकर्ड प्रिज्म स्टुडियाेमा गरिएकाे हाे । प्रकाश भट्टकाे भिडियाे निर्देशन, राजेश घिमिरेकाे छायांकन र विष्णु शर्माकाे भिडियाे सम्पादन रहेकाे यस गीतकाे म्युजिक भिडियाेमा गायिका शर्मिला सहित अन्य कलकारहरुकाे उपस्थिती रहेकाे देखिन्छ  । वास्तविक तीज गीतलाई हाम्राे तर्फबाट शिखर सफलताकाे शुभकामना ।

गीतकाे भिडियाे 

 

प्रतिकृया दिनुहोस्