News Portal

प्रेम गीत–३’काे हिन्दी गीत रेकर्डिङमा करिब ५० लाख आईसी खर्च

फरकपोस्ट संवाददाताभदाै २१ काठमाण्डाैं
३८३ पटक
भदाै २१ काठमाण्डाैं

नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ले हिन्दी गीतमा मात्रै करिब ५० लाख आईसी खर्च भएकाे बताएकाे  छ । भारतमा पनि चलचित्र हिन्दी भाषामा डबिङ गरेर रिलिज हुने भएपछि ठूलो बजेट निर्माण पक्षले हिन्दी गीतमा खर्च गरेको हो ।

चारवटा हिन्दी गीत मुम्बईमा रेकर्ड गर्दा ‘प्रेम गीत–३’ले करिब ५० लाख आईसी खर्च गरेको हो । “एउटा गीत रेकर्ड गर्दा १० देखि १२ लाखसम्म खर्च भएको छ,” निर्माता सन्तोष सेनले भने, “५० लाख आईसीको सेरोफेरोमा गीतमा मात्रै खर्च भएको छ ।”

सिनेमाको ब्रान्डिङ र पब्लिसिटीका लागि गीतमा ठूलो रकम खर्चिनु परेको उनको भनाइ छ । “सिनेमाको ब्रान्डिङका लागि पनि गीत चाहिने भयो । कस्तो खालको सिनेमा हो भनेर दर्शकमा सन्देश दिन पनि गीत चाहिने भयो, त्यसैले हामीले हिन्दीमा गीत तयार पार्यौं र ठूलो रकम पनि खर्च गर्यौं,” सन्तोषले भने ।

सिनेमासँग सम्बन्धित कम्पनी र प्रोडक्सन हाउसँगको सम्बन्धका लागि पनि गीत चाहिने महसूस भएको उनी बताउँछन् । “सिनेमा चलाउन र हलसम्म दर्शक तान्न पनि गीत चाहिने रहेछ,” उनी भन्छन् ।

‘प्रेम गीत–३’को ‘कोइ ना कोइ नाता है’, ‘जहाँ भी जाओ’, ‘तुम प्यार हो’ र ‘मुझ मे बस जाना’ गीत रिलिज भइसकेका छन् ।

सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्र असोज ७ गते रिलिज हुँदै छ । चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् ।

प्रतिकृया दिनुहोस्